कास्की १ ‘क’ बाट उम्मेदवार बन्न कांग्रेसमा १९ जना आकांक्षी

समाधान संवाददाता २०७९ भदौ १३ गते १४:४२

पोखरा ।
आउँदो प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । कास्की नम्बर १ ‘क’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ८ जनाले आकांक्षा देखाएका छन् । समानुपातिक उम्मेदवारका लागि ११ जना इच्छुक देखिएको नेपाली कांग्रेस कास्की १ ‘ख’ समिति सचिव धुव्र ढंगनाले जानकारी दिए ।


उक्त क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीमा मुरारी कोईराला, देबेन्द्र रानाभाट, राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारि, कल्याणबाबु भण्डारि, दुर्गा लामिछाने, गिरिराज गौतम, बुद्दिमान गुरुङ छन् । समानुपातिक उम्मेदवार बन्न समानुपातिक तर्फ शान्तीकुमारी खनाल, चन्द्राबती पौडेल, नन्दप्रसाद तिवारी, तारा अधिकारी, मुरारी शर्मा, बिक्रम गुरुङ, खेम बहादुर गुरुङ, कुमार सुनार, सुरजंग राणा, अप्सरा श्रेष्ठ र अजिम बक्स मियां आकांक्षी देखिएका छन् ।


मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित ३ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया