मनिपालमा ऐतिहासिक तीज कार्यक्रम

पोखरा ।
मनिपाल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पातलमा स्थापनाको २८ वर्षमा पहिलो पटक महिला कर्मचारीको सम्मानमा तीज कार्यक्रमको गरिएको छ । बतास अर्गनाइजेसन अन्तर्गतको बापौ होल्डिङ्सले व्यवस्थापन सम्हालेपछि शुक्रबार ऐतिहासिक तीज कार्यक्रम भएको हो ।
कार्यक्रममा तीज नृत्य तथा परम्परागत भेषभूषा प्रतियोगिता भएको थियो । अस्पताल तथा कलेजका विभिन्न विभागबाट सात समूहले भाग लिएका थिए । प्रतियोगितामा सर्जिकल वार्डका मनसूभा गुरुङ र निशिका थापाको समूह विजयी भएको थियो । एमेर्जेन्सी वार्डका अन्जु नेपाली, मीना विक, शीला खत्री, सीमा लामा, अर्पणा राजबमशी र निकिता श्रेष्ठको समूहले दोस्रो स्थान प्राप्त गरेको मनिपाल अस्पतालका वरिष्ठ पुस्तकालय सहायक खीम लामिछानेले जानकारी दिए ।
परम्परागत भेषभूषा प्रतियोगितामा प्राइभेट वार्डकी सेलिना मोक्तान विजयी र फार्मेसीकी सिता मगर उपविजेता भइन् । विजयीलाई मन्जु गोख्ले पुरस्कार वितरण गरेकी थिइन् । अस्पातलले पहिलो पटक तीज कार्यक्रम गरेकोमा सहभागिले खुशी व्यक्त गर्दै आयोजकप्रति कृतज्ञता प्रकट गरेको लामिछानेले बताए ।
कार्यक्रममा ४ सय महिला कर्मचारीको उपस्थिती थियो । बिष्णुमाया गुरुङ र सोनी ढेवाजुको समुहले स्वागत नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताको सञ्चालन गंगा पोखरेल र सुनिता बरालले गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया