कास्कीमा मतदाता नामावली अद्यावधिक र दाबी विरोध सुरु

समाधान संवाददाता २०७९ भदौ १३ गते १९:१९

पोखरा ।
आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु भएको छ । भदौ १३ देखि १५ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम निर्वाचन कार्यालय कास्कीमा सञ्चालन हुने कार्यालय प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

Advertisement


निर्वाचन कार्यालय कास्कीले आइतबार यसबारे अन्तक्र्रिया आयोजना ग¥यो । यो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।


नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिन मिल्छ । मतदाता नामावली अद्यावधिकपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका सूचना अधिकारी रुद्र न्यौपानले बताए । चुनाव घोषण भएपछि साउन २० बाट मतदाता नामावली संकलन रोकिएको छ ।

Advertisement


अद्यावधिक र दाबी विरोध सफल पार्न सबैभन्दा महत्वपूर्ण भूमिका राजनीतिक दलको हुन्छ । यसलाई प्रभावकारी बनाउन दलले नै भूमिका खेल्नुपर्ने कास्कीका सिडिओ जयनारायण आचार्यले बताए । उनले वडा तहबाट निर्वाचन कार्यालयलाई मृत्यु भइसकेका मानिसको यकिन डाटा उपलब्ध गराइदिनुपर्ने औंल्याए ।

Advertisement

तपाईको प्रतिक्रिया