१७ प्रतिबद्धता लिएर मतदाताकहाँ प्रजापती

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको चुनानी सरगर्मी बढेसँगै पवन प्रजापतिको समूहले आइतबार अमरसिंह चोक, रामबजार, वुद्धचोक आसपासका मतदातासँग भेटघाट गरेको छ । घरदैलोमा उम्मेदवारहरुले टिम समावेसी, अनुभवी र समझदार भएकाले आफूहरुलाई जिताउन आग्रह गरे ।
अध्यक्षका प्रत्यासी प्रजापतीले महिला उद्योगी, व्यवसायीलाई शुभकामना दिँदै मत मागे । उनले संघमा महिला सदस्य बढाउने र उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिने प्रतिवद्धता गरे । उपमहासचिवकी प्रत्यासी शोभा गौतमले उद्योगी, व्यवसायीका समस्यासमाधानका लागि आफ्नो टिमको विकल्प नभएको बताइन् ।
व्यावसायिक वातावरण निर्माण र उद्योगी, व्यवसायीको सम्मान अभिवृद्धि, हाम्रो पहिलो प्राथमिकता भन्ने पहिलो प्रतिवद्धतासहित यो टिम मैदानमा छ । विभिन्न पेशा र व्यवसायीका समस्या, अवसरको व्यवस्थापनका एजेन्डासहित १७ प्रतिबद्धता लिएर प्रजापती समूह चुनावी मैदानमा छ ।
यो समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणि पण्डित वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोला र उपमहासचिव शोभा गौतम मैदानमा छन् । सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदीप ओझा र सुदीप प्रधानांगले उम्मेदवारी घोषणा गरेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया