पर्यटन प्रवर्द्धन योजनासहित पोखरेली युवा उद्यमीको टोली द क्लिफ कुस्मामा

पोखरा । पोखरेली युवा व्यवसायीहरुको टोलीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने हेतुले मंगलवार पर्बतको कुस्मा बन्जि द क्लिफ सम्मको यात्रा तय गरेका छन् । संचार उद्यमी तथा सुनचांदी ब्यवसायी शोभितमान बुद्दाचार्यको संयोजनमा युवा उद्यमी मञ्च पोखरा, डुलुवा र युवा ब्यवसायी गरि १६ जनाको टोली द क्लिफ पुगेको हो ।
हरितालिका तिजमा छुट्टिको अवसर पारेर मन मिल्ने साथीहरुको एउटा रिफ्रेसमेन्ट ट्रिप गरेको बुद्दाचार्यले बताए । टुरिज्म प्रमोसन टुर स् पोखरा टु कुस्मा द क्लिफ नाम दिइएको यस टुरमा पोखरा र कुस्मालाई पर्यटकिय गतिबिधिमा जोड्ने उद्देश्य रहेको बुद्दाचार्यले जानकारी दिए । टोलीले कुस्मा बन्जी द क्लिफका संचालक रोजन श्रेष्ठसंग समन्वय गरि टुरको व्यबश्थापन गरेको सह संयोजक पन्जा गुरुङले बताए ।
गुरुङले आगामि दिनमा पनि आवश्यकता अनुसार नियमित रुपमा बिभिन्न गन्तब्यमा यस्ता प्रवद्र्धनमात्मक टुरको आयोजना गर्ने योजना रहेको बताए । टुरमा युवा उद्यमी मन्च पोखराका पूर्व अध्यक्ष पुनित बैद्य, निवर्तमान अध्यक्ष सुनिलबहादुर भट्टराईसहित बिभिन्न व्यवसायमा आबद्द युवा व्यवसायीहरुको टोली ८ वटा बाइक र २ वटा गाडिमा कुस्मा पुगेका थिए ।
टोलीलेलाई नदीपुरमामा अवश्थित सिंगापुर क्याफेबाट मंगलवार पूर्वान्ह पोखरा पर्यटन परिषदका नव निर्वाचित अध्यक्ष पोमनारायण श्रेष्ठले शुभयात्रा बिदाई गरेका थिए ।








‘मुर्बै लयँ सारा’ बोलको गीत सार्वजनिक
तनहुँको मौरीबासमा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी : भूगोल र क्षेत्रमा युवा अनिवार्य, वरिष्ठ उपाध्यक्ष हट्यो
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया