हल्ट प्राइज पोखरा विश्वविद्यालय डायरेक्टरमा केशरी चयन

समाधान संवाददाता २०७९ भदौ १४ गते १६:५७

पोखरा ।
हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२–२०२३ को क्याम्पस डायरेक्टरमा सूरजराज केशरी चयन भएका छ्न् । अघिल्लो वर्षका डायरेक्टर प्रशान्त भुसालको नेतृत्वले केशरीलाइ चयन गरेको हो ।

हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ । यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पु¥याउने र उद्यमशीलतासमेत पैदा गर्ने भएको हुँदा यसको महत्व छ र आफ्नो कार्यकालमा यस प्रतियोगितालाइ थप नयाँ आयाम दिने उनले बताए ।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया