कास्की प्रदेशसभा २ ‘ख’मा कांग्रेसका ५ आकांक्षी
गण्डकी सरकारका मन्त्रीद्वय खड्का र थापाबीच प्रत्यक्षमै प्रतिस्पर्धा

पोखरा ।
आउँदो मंसिर ४ मा हुने प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका छन् ।
उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ १३ जना नाम टिपाएको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) का सभापति दीपेन्द्र मर्सानीले जानकारी दिए ।
सो क्षेत्रको प्रत्यक्षतर्फ नाम टिपाउनेमा गण्डकी प्रदेशसभाका २ मन्त्री पनि छन् । प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्का र महासमिति सदस्य तथा गण्डकी प्रदेश सरकारका वर्तमान कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार कुमार थापा छन् । माधवप्रसाद बास्तोला, मदन बस्नेत र होमबहादुर बानियाँले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा व्यक्त गर्दै नाम टिपाएका छन् ।
समानुपातिकतर्फ रामराज लामिछाने, नीलम बाटाजु, मञ्जुश्री थापा, राजेन्द्र पहारी, राधाकृष्ण गुरुङ, र अब्दुल मजीद मियाले आकांक्षा व्यक्त गरेका छन् । अर्पण कोइराला, उमाकुमारी ठकुरी, पदमसिंह गुरुङ, ऋषिराम सापकोटा, कल्पना बराल, लक्ष्मी पाण्डे र चोलेन्द्र पौडेलले पनि समानुपातिकतर्फ चुनाव लड्न आकांक्षा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित ३ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्ने मर्सानीले बताए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया