पुम्दीकोटमा तीज विशेष कार्यक्रम

समाधान संवाददाता २०७९ भदौ १५ गते ११:१८

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पुम्दीकोटमा बनिरहेका होटल तथा रेस्टुरेन्टहरुलाई मापदण्ड पालना निर्देशन दिएका छन् । पोखरा २२ को पुुम्दीकोट परिसरमा मंगलबार पुम्दीकोट युवा क्लबले आयोजना गरेको तीज बिषेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘पहिला बनेका भौतिक संरचनाका बारेमा पछि छलफल गरौंला तर अब बन्ने भौतिक संरचनाको बिषयमा सबै गम्भीर हुनुपर्छ । जथाभावी गरे काठमाडौंकै जसरी पोखरामा पनि मापदण्ड विपरीतका भौतिक संरचना भत्काउने दिन आउन सक्छ ।’ पुम्दीकोट क्षेत्रमा वातावरण सरसफाइ, पाहुनाको स्वागत सत्कारदेखि समाजमा देखिने विकृति बिरुद्ध वडा संगको सहकार्यमा क्लबहरुले काम गर्नुपर्ने उनको भनाइ छ ।

क्लब अध्यक्ष सुमन बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, निवर्तमान वडाध्यक्ष मित्रलाल बराल, पूर्व अध्यक्ष राजु बराल, सल्लाहकार नरहरि बराल, महिला नेतृ कमला बराल, सृजनशील युवा क्लबका अध्यक्ष राजु बराल, निवर्तमान उपाध्यक्ष सविन बराल, सचिब पवन विक लगायतले बोलेका थिए ।

Advertisement

तीजको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रममा विष्णु बराल, प्रकाश बराल, नवराज बराल लगायतका कलाकारले प्रस्तुति राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया