गण्डकी बोर्डिङकी श्रेया चित्रकलामा प्रथम
पोखरा ।
१५ औं पुस्तकालय दिवस २०७९ को अवसरमा पोखरा सार्वजनिक पुस्तकालय तथा अमेरिकन कर्नरको आयोजनामा जिल्ला विद्यालय स्तरीय खुला चित्रकला प्रतियोगिता भएको छ । प्रतियोगितामा २२ विद्यालयका ६३ जनाले भाग लिएका थिए ।
चित्रकला प्रतियोगितामा प्रथम हुन सफल गण्डकी बोर्डिङ स्कुलकी श्रेया राइले नगद ७ हजार रुपैयाँ तथा प्रमाण पत्र प्राप्त गर्न सफल भइन । त्यसैगरी मदरल्यान्ड बोर्डिङ स्कुलका कपिल राज गाहाले बनाएको चित्र दोसो हुन पुगे । उनले नगद ५ हजरा र प्रमाणपत्र प्राप्त गर्न सफल भए । बेसलाइन बोर्डिङ स्कुलकी छात्रा श्रेया गुरुङको चित्रले तृतीय स्थान हालिस गर्न सफल भयो । उनले नगद ४ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भइन् ।
न्यु मोडल बोर्डिङ स्कुलकी सजितु थापा र कुमिदिनी होम्स बोर्डिङ स्कुलकी अश्विना पालिखेले सान्त्वना पुरस्कार पाउन सफल भए । उनिहरुले नगर २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका मुख्य अथिति पोखरा महानगर पालिकाका वडा अध्यक्ष दीपेन्द्र मर्सानीले विजेताहरु तथा सम्पूर्ण प्रतिस्पर्धी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । भने पोसापुका अध्यक्ष प्रा डा विश्व श्रेष्ठले नगद पुरस्कार वितरण गरेका थिए ।
चित्रकलाको मूल्यांकन तथा उत्कृट चित्रकला निर्णायक सयोजक चित्रकारद्वय सिर्जनशील कलाकार समुहका उपाध्यक्ष दलबहादुर गुरुङ र कोषाध्यक्ष झविन्द्र गुरुङ थिए । पोखरा सार्वजनिक पुसकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमका सञ्चालन लाब्रेरियन सूर्य क्षेत्रीले गरेका थिए ।
तपाईको प्रतिक्रिया