गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन प्रस्ताव
समाधान संवाददाता
२०७९ भदौ १५ गते १४:३५

पोखरा ।
कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ । कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको छ ।
थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन हालेका हुन् । कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सहमहामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परिसकेको छ । ६ जनाले समानुपातिक उम्मेदवार बन्न इच्छा देखाएको जानकारी कांग्रेस कास्की १ का सचिव सरोज केसीले जनाए ।
जिल्ला सचिव ढकालले स्थानीय नेता कार्यकर्ताको चाहना अनुसार महामन्त्री थापालाई कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बनाउन आवेदन हालिएको जानकारी दिए ।

सम्बन्धित









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया