
जोमसोम ।
२०७२ सालको भुकम्पले जीर्ण बनेको मुस्ताङ ईको म्युजियम ७ वर्षपछि पुनसञ्चालनमा ल्याइएको छ । समग्र मुस्ताङ चिनाउने मुस्ताङ ईको म्युजियम बुधबार पुथाङ आमा बहुउद्देश्य सहकारी सस्थालाई हस्तान्तरण गरिएपछि म्युजियम संञ्चालनमा आएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले भदौ १ गतेदेखि लागु हुने गरी ५ वर्षका लागि लिज सम्झौता मार्फत मुस्ताङ ईको म्युजियम पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थालाई हस्तान्तरण गरेको हो । पालिकाले वार्षिक ५० हजार भाडा लिने गरी ईको म्युजियम लिजमा दिएको जनाएको छ ।
घरपझोङ गाउँपालिकाले ईको म्युजियम संञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी दुबै पक्षबीच टेन्डर मार्फत ईको म्युजियम हस्तान्तरण गरेको हो । पालिकाले ईको म्युजियम लिज मार्फत संञ्चालनको जिम्मा पाएको पुथाङ बहुउद्देश्य सहकारी संस्था र घरपझोङ गाउँपालिकाबीच कार्यविधिमा उल्लेख गरिएका १९ बुँदे शर्त कार्यान्वयन गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुथाङ बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष कल्पना गौचनलाई सम्झौतापत्र हस्तान्तरण गरी ईको म्युजियम जिम्मा दिइएको छ । घरपझोङ गाउँपालिकाले मुस्ताङ ईको म्युजियम संञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यपालिका बैठकमा अनुमोदन गरेर टेन्डर मार्फत लिजमा दिने निर्णय गरेको थियो ।
पालिकाले लिज सम्झौता गर्दा दोश्रो पक्षले म्युजियमको रेखदेख, व्यवस्थापन र नियमित संञ्चालन गर्नुपर्ने, खुला हुने समय र शुल्क निर्धारण गर्ने, सरसफाई, पर्यटक स्वागत, अचल सम्पतीको सुरक्षा, आवश्यक कर्मचारीको व्यवस्था संस्थाले गर्नुपर्ने, मर्मत सम्भारमा ध्यान दिनुपर्ने, खाली जग्गा पालिकाले आवश्यक परेमा उपयोग गर्नसक्ने, २/२ वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्ने ,पालिकाले म्युजियमको अनुगमन तथा निरीक्षण गर्ने, म्युजियम व्यवस्थापन पक्षले पालिकाको अधिनमा रही कार्यसम्पादन गर्नुपर्ने लगायतका १९ बुँदै शर्त प्रस्तुत गरेको छ ।
म्युजियम संस्थालाई हस्तान्तरण गर्दै पालिका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङको समग्र पहिचान उजागर गर्ने ईको म्युजियम ५ वर्षका लागि गापाले ठेक्का सम्झौता मार्फत संञ्चालनको जिम्मा लगाएको बताए । घरपझोङको पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले पालिकाले म्युजियम पूननिर्माण, मर्मतसम्भार र स्तरोन्नति गरेको उल्लेख्य गर्दै अध्यक्ष लालचनले मुस्ताङको कलासंस्कृति र मौलिकतालाई ईको म्युजियमले पर्यटन प्रर्वद्धनका लागि यसको संरक्षण र विकास गर्न पालिकाले अग्रसता लिएको बताए ।
‘ईको म्युजियम समग्र मुस्ताङको धरोहर हो, चिनारी हो, भुकम्पले लामो समयदेखि जीर्ण र संञ्चालन विहिन अवस्थामा थियो,अध्यक्ष लालचनले भने,एक्यापको स्वामित्वमा रहेको ईको म्युजियम गापालाई हस्तान्तरण भईसकेपछि यसको अपनत्व हामीले लिएका हौं, यसले पर्यटन र आर्थिक विकासमा टेवा पुर्याउने छ ।’
म्युजियम जापानीज सहयोग संस्था जाईका र राष्ट्रिय प्रकृति संरक्षणकोष, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ) एक्याप)को साझेदारीमा निर्माण भएको थियो । जोमसोम एअरपोर्ट नजिकै दक्षिण/पञ्चिमको झन्डै १६ रोपनी भिरालो क्षेत्रफलमा मुस्ताङ ईको म्यूजिमको पूर्वाधार निर्माण गरिएको थियो । ईको म्युजियम संञ्चालन तथा व्यवस्थापनका लागि उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका विभिन्न प्रतिष्ठित व्यक्तिलाई समेट्दै ईको म्युजियम व्यवस्थापन समिति गठन भएको थियो ।
दुई तले ईको म्युजियम जाईकाले निर्माण गरेपछि एक्पापलाई स्वामित्व हस्तान्तरण गरिएको थियो । एक्यापले पनि पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थालाई रेखदेख तथा संञ्चालनको जिम्मा दिएको थियो । ईको म्युजियममा मुस्ताङको धार्मिक ,सांस्कृतिक,सामाजिक,भौगोलिक र जैविक विविधता झल्किने सामाग्री राखिएको थियो । मुस्ताङको पर्यटन तथा विभिन्न खोजअनुसन्धानका लागि सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको ईको म्युजियम २०७२ सालको महाभुकम्पले क्षति पुर्याएको थियो । भूकम्पले ईको म्युजियम क्षतिग्रष्त भएपछि पूर्णरुप बन्द थियो । भुकम्पले क्षति तुल्याएको ईको म्युजियम त्यसपछि जीर्ण हुँदै गएको थियो भने कतिपय बहुमुल्य सामाग्री हराएका थिए । ईको म्युजियम पूननिर्माण तथा संञ्चालनमा एक्यापले अग्रसता दिन नसक्दा ७ वर्ष पूर्ण रुपमा बन्द भएको थियो ।
संघीयता अघि स्थापना भएको मुस्ताङ ईको म्युजियम भुकम्पले क्षति भएपछि संरक्षण विहन बन्यो । एक्यापले ३ वर्षअघि यसको स्वामित्व घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाले आफ्नो स्वामित्वमा आईसकेपछि ईको म्युजियम पूननिर्माणको काम अघि बढाएको गापाका ईन्जिनीय सकलदेव शर्माले बताए । गाउँपालिकाले २५ लाख लागतमा भुकम्पले जीर्ण ईको म्युजियमको पूननिर्माण गरेको उनले जनाए ।
ईको म्युजियम संञ्चालनको जिम्मा पाएको पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष कल्पना गौचनले म्युजियमलाई व्यवस्थित गर्दै संञ्चालनमा ध्यान दिने बताईन् । उनले ईको म्युजियमको ब्रोसर निर्माण गछौं र त्यसपछि होटलमा बस्ने पर्यटकलाई ईको म्युजियमको जानकारी गराईने उल्लेख गरिन् । ‘हामीले नाफा भन्दा पनि यसको संरक्षण र व्यवस्थापनमा जोड दिनेछौ, यसको संञ्चालनले पर्यटन विकासमा योगदान दिन्छ, उनले भनीन्,‘ ईको म्युजियममा आउने पर्यटकले मुस्ताङ जिल्ला भित्रको धार्मिक, साँस्कृतिक, भौगोलिक, भेषभुषा, खनिज तथा वनस्पती, यहाँको कृषि र पर्यटन र जिवनशैली लगायतको अध्ययन अवलोकन गर्न सक्ने बताइन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया