चुनाव लड्न कास्की आउँदिन– गगन थापा
समाधान संवाददाता
२०७९ भदौ १५ गते १८:४३

पाेखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ मा हुने संघीय चुनाव लड्न कास्की नआउने जवाफ दिएका छन् । कास्की निर्बाचन क्षेत्र नम्बर १ का केही कांग्रेस कार्यकर्ताले महामन्त्री थापालाई कास्कीबाट उमेद्वार बनाउनका लागि आजै नाम टिपाएका थिए ।
आज संघीय चुनाव लड्न खाेज्नेहरुले आकांक्षा व्यक्त गर्ने क्रममा कास्की काँग्रेसका सचिव भानुभक्त ढकाल लगायतले थापालाई १ बाट निर्बाचन लडाउनु पर्ने भन्दै नाम टिपाएका थिए ।
याे प्रस्तावकाे बारे थापाले सामाजिक सञ्जालमा लेख्दै आफू काठमाण्डाैं ४ बाटै निर्बाचन लड्ने तयारी गरेकाे भन्दै कास्की नआउने बताएका हुन् । यद्यपि आफू प्रति सदासयता देखाउने कास्की काँग्रेसका कार्यकर्तालाई भने थापाले धन्यवाद दिएका छन् ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया