मुस्ताङ इको म्युजियम ७ वर्षपछि सञ्चालनमा

समाधान संवाददाता २०७९ भदौ १५ गते २०:०७

सुन्दरकुमार थकाली
जोमसोम ।
२०७२ को महाभूकम्पले जीर्ण बनेको मुस्ताङ इको म्युजियम ७ वर्षपछि पुनः सञ्चालनमा आएको छ । समग्र मुस्ताङ चिनाउने मुस्ताङ इको म्युजियम बुधबार पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई हस्तान्तरण गरिएपछि म्युजियम सञ्चालनमा आएको हो ।

Advertisement


मुस्ताङको घरपझोङ गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुने गरी ५ वर्षका लागि लिज सम्झौतामार्फत मुस्ताङ इको म्युजियम पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई हस्तान्तरण गरेको हो । गापाले वार्षिक ५० हजार भाडा लिने गरी इको म्युजियम लिजमा दिएको जनाएको छ ।


घरपझोङ गाउँपालिकाले इको म्युजियम सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी दुबै पक्षबीच टेन्डरमार्फत इको म्युजियम हस्तान्तरण गरेको हो । पालिकाले इको म्युजियम लिजमार्फत सञ्चालनको जिम्मा पाएको पुथाङ बहुउद्देश्यीय सहकारी संस्था र घरपझोङ गाउँपालिकाबीच कार्यविधिमा उल्लेख गरिएका १९ बुँदे सर्त कार्यान्वयन गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुथाङ बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना गौचनलाई सम्झौतापत्र हस्तान्तरण गरी इको म्युजियम जिम्मा दिइएको छ ।


घरपझोङ गाउँपालिकाले मुस्ताङ इको म्युजियम सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यपालिका बैठकमा अनुमोदन गरेर टेन्डर मार्फत लिजमा दिने निर्णय गरेको थियो । पालिकाले लिज सम्झौता गर्दा दोस्रो पक्षले म्युजियमको रेखदेख, व्यवस्थापन र नियमित सञ्चालन गर्नुपर्ने, म्युजियम खुल्ला हुने समय र शुल्क निर्धारण गर्ने, सरसफाई, पर्यटक स्वागत, म्युजियमको अचल सम्पतीको सुरक्षा, इको म्युजियममा चाहिने कर्मचारीको व्यवस्था संस्थाले गर्नुपर्ने, मर्मत सम्भारमा ध्यान दिनुपर्ने, म्युजियममा रहेको खाली जग्गा गापाले आवश्यक परेमा उपयोग गर्नसक्ने, २ / २ वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्ने, गापाले म्युजियमको अनुगमन तथा निरीक्षण गर्ने, म्युजियम व्यवस्थापन पक्षले गापाको अधिनमा रही कार्यसम्पादन गर्नुपर्ने लगायतका १९ बुँदै शर्त प्रस्तुत गरेको छ ।

Advertisement


मुस्ताङ इको म्युजियम संस्थालाई हस्तान्तरण गर्दै गापा अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङको समग्र पहिचान उजागर गर्ने इको म्युजियम ५ वर्षका लागि गापाले ठेक्का सम्झौता मार्फत सञ्चालनको जिम्मा लगाएको बताए । घरपझोङको पर्यटन विकासमा योगदान पु¥याउने उद्देश्यले गापाले इको म्युजियम पुननिर्माण, मर्मतसम्भार र स्तरोन्नति गरेको उल्लेख्य गर्दै अध्यक्ष लालचनले मुस्ताङको कलासंस्कृति र मौलिकतालाई इको म्युजियमले पर्यटन प्रवद्र्धनका लागि यसको संरक्षण र विकास गर्न गापाले अग्रसता लिएको बताए ।


‘इको म्युजियम समग्र मुस्ताङको धरोहर हो, चिनारी हो, भूकम्पले लामो समयदेखि जीर्ण र सञ्चालन विहिन अवस्थामा थियो,’ अध्यक्ष लालचनले भने, ‘एक्यापको स्वामित्वमा रहेको इको म्युजियम गापालाई हस्तान्तरण भइसकेपछि यसको अपनत्व हामीले लिएका हौं, यसले पर्यटन र आर्थिक विकासमा टेवा पु¥याउनेछ ।’


मुस्ताङ ईको म्युजियम जापानी सहयोगी संस्था जाइका र राष्ट्रिय प्रकृति संरक्षणकोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना )एक्याप)को साझेदारीमा निर्माण भएको थियो । जोमसोम एयरपोर्ट नजिकै दक्षिण÷पश्चिमको झन्डै १६ रोपनी भिरालो क्षेत्रफलमा मुस्ताङ इको म्युजिमको पूर्वाधार निर्माण गरिएको थियो ।


इको म्युजियम सञ्चालन तथा व्यवस्थापनका लागि उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका विभिन्न प्रतिष्ठित व्यक्तिलाई समेट्दै इको म्युजियम व्यवस्थापन समिति गठन भएको थियो । दुई तले इको म्युजियम जाइकाले निर्माण गरेपछि एक्पापलाई स्वामित्व हस्तान्तरण गरिएको थियो । एक्यापले पनि पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थालाई रेखदेख तथा सञ्चालनको जिम्मा दिएको थियो ।

ईको म्युजियममा मुस्ताङको धार्मिक ,सांस्कृतिक,सामाजिक,भौगोलिक र जैविक विविधता झल्किने सामाग्री राखिएको थियो । मुस्ताङको पर्यटन तथा विभिन्न खोजअनुसन्धानका लागि सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको ईको म्युजियम २०७२ सालको महाभुकम्पले क्षति पु¥याएको थियो ।

भूकम्पले ईको म्युजियम क्षतिग्रष्त भएपछि पूर्णरुप बन्द थियो । भुकम्पले क्षति तुल्याएको ईको म्युजियम त्यसपछि जीर्ण हुँदै गएको थियो भने कतिपय बहुमुल्य सामाग्री हराएका थिए । इको म्युजियम पूननिर्माण तथा सञ्चालनमा एक्यापले अग्रसता दिन नसक्दा ७ वर्ष पूर्ण रुपमा बन्द भएको थियो ।

संघीयता अघि स्थापना भएको मुस्ताङ इको म्युजियम भुकम्पले क्षति भएपछि संरक्षण विहन बन्यो । एक्यापले ३ वर्षअघि यसको स्वामित्व घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाले आफ्नो स्वामित्वमा आइसकेपछि इको म्युजियम पुननिर्माणको काम अघि बढाएको गापाका ईन्जिनीय सकलदेव शर्माले बताए । गाउँपालिकाले २५ लाख लागतमा भुकम्पले जीर्ण ईको म्युजियमको पुननिर्माण गरेको उनले जनाए ।

ईको म्युजियम सञ्चालनको जिम्मा पाएको पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष कल्पना गौचनले म्युजियमलाई व्यवस्थित गर्दै सञ्चालनमा ध्यान दिने बताइन् । उनले ईको म्युजियमको ब्रोसर निर्माण गरिने र त्यसपछि होटलमा बस्ने पर्यटकलाई ईको म्युजियमको जानकारी गराइने उल्लेख गरिन् ।

‘हामीले नाफा भन्दा पनि यसको संरक्षण र व्यवस्थापनमा जोड दिनेछौं, यसको सञ्चालनले पर्यटन विकासमा योगदान दिन्छ,उनले भनिन्,‘ईको म्युजियममा आउने पर्यटकले मुस्ताङ जिल्लाभित्रको धार्मिक,सांस्कृतिक ,भौगोलिक,भेषभूषा खनिज तथा वनस्पति, यहाँको कृषि र पर्यटन र जीवनशैली लगायतको अध्ययन अवलोकन गर्न सक्ने बताइन् ।
फोटो क्याप्सन ः मुस्ताङ ईको म्युजियम लिजमा हस्तान्तरण गर्दे गापा अध्यक्ष मोहनसिंह लालचन । तस्विर ःसुन्दरकुमार थकाली

तपाईको प्रतिक्रिया