पोखरा ट्रेडमा सामान किन्दा उपहार

पोखरा ।
पोखरा ट्रेड मलले दशैँ तिहारलाई लक्षित गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् । बुधबार भएको उपहार सार्वजनिक कार्यक्रममा आरुश खनालले १० हजार जित्न सफल भएका छन् । प्रतिमा गुरुङले दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट, योगेन्द्र पुनले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज, रोजी गुरुङले दुई हजार र एक हजार बराबरको फेसियल सेवा र राजु रानामगरले एक हजार र क्लासिक चुलोमा डिनर पुरस्कार पाएका छन् ।
मलका प्रबन्ध सञ्चालक मिनराज काफ्ले, उत्सव व्यवस्थापन समितिका अध्यक्ष नबराज त्रिपाठी, सचिव रमेश बराल, कोषाध्यक्ष रघुनाथ दवाडी, सह कोशाध्यक्ष धर्मदत्त अधिकारी, सदस्यहरु नबराज ढुङ्गाना, राजु जिसी, राजेन्द्र तिमिल्सिना, राजिव क्षेत्री लगाएत सहभागी थिए ।
चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताए ।
एनका अनुसार ट्रेड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले निशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्नेछन् । पाक्षिक उपहार योजनाका विजेताले रु एक हजारदेखि रु १० हजारसम्म नगदका साथै गिफ्ट ह्याम्पर तथा सपिङ भौचर प्राप्त गर्नेछन् भने बम्परमा रु एक लाख पुरस्कार जित्न सक्नेछन् ।
बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । बम्पर उपहार आगामी मंसिर ५ गते र पाक्षिक उपहार आगामी भदौ ३०, असोज १५, असोज ३०, कात्तिक १५ र कात्तिक ३० गते उपहार खोलिने समितिले जनाएको छ ।
मलको कुनैपनि पसलबाट न्यूनतम पाँच सय रुपैँयाको सामान किन्दा एक वटा बम्पर उपहार कुपनका साथै एक हजार ५०० भन्दा माथि सामान खरीद गर्दा तीन वटा कुपन प्राप्त गरी उपहार योजनामा सहभागी बन्न सकिनेछ । ‘स्क्राच एण्ड विन’ अफरमा सहभागी हुनका लागि कुनै पनि पसलबाट पाँच हजार वा सोभन्दा माथिका सामान खरीद गर्नुपर्ने र स्क्राच गरी लाखौँ नगद नगद एवं सपिङ भौचर कोषाध्यक्ष दवाडीले जानकारी दिए ।
ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी उपहार योजना ल्याएका हुन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया