कास्की २ क मा कांग्रेसबाट युवकसहित २१ आकांक्षी

पाेखरा ।
नेपाली कांग्रेस कास्की निर्बाचन क्षेत्र २ ख ले पार्टीबाट प्रदेश सभामा निर्बाचन लड्ने आकांक्षीहरुकाे नाम संकलन गरेकाे छ । याे प्रदेश सभा क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकमा गरी २१ जनाले आकांक्षा देखाएका छन् ।
प्रत्यक्ष तर्फ निर्बाचनमा उमेद्वार बन्ने आकांक्षा राख्ने १२ जना छन् । प्रदेश सभा निर्वाचन क्षेत्र समिति सभापति दिनेश आचार्यले दिएकाे जानकारी अनुसार प्रत्यक्ष निर्बाचन लड्नका लागि युवक लामिछाने, दिनेश आचार्य, केशरप्रसाद निर्दाेषी, आशिक गुरुङ, लीलाकाजी गुरुङ, अर्जुन पोखरेल, विजय आचार्य, टंकप्रसाद भण्डारी, रघुनाथ पराजुली, प्रेमलाल पुन, पुण्डरी बराल र रंगिला आचार्यले इच्छा व्यक्त गरेका छन् ।
त्यस्तै समानुपातिक सांसद बन्नका लागि ९ जना अघि सरेका छन् । समानुपातिकतर्फ विष्णुप्रसाद पौडेल, श्यामप्रसाद शर्मा, शोभाचन्द्र बराल, ललितबहादुर कुँवर, टीकाराम सुनार, कोपिला तिवारी, नर्मदा बराल, चिनु गुरुङ र विमला भण्डारीले आकांक्षा व्यक्त गरेकाे सभापति आचार्यले बताए ।









यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया