सम्पादकीयः शिक्षा क्षेत्रको बजेट बढाऊ

नेपालमा अहिले शिक्षा क्षेत्रको बजेट मोटा मोटी १० दशमलव ९ प्रतिशत छ । समग्र रुपमा सार्वजनिक शिक्षा क्षेत्रको बजेट नबढाएसम्म शैक्षिक गुणस्तर कायम गर्न सकिन्न । सार्वजनिक शिक्षालाई सुदृढकरण गर्न शिक्षाको क्षेत्रमा बजेट बढाउन पर्छ । नेपालको संविधान अनुसार आधारभुत तहको शिक्षा अनिवार्य र निशुल्क गर्नु पर्छ । शिक्षाको अधिकार सुनिश्चित गर्न शिक्षामा लगानी बढाउनुको विकल्प छैन । अर्कोतर्फ सार्वजनिक शिक्षामा गरिएको लगानी अनुसार प्रतिफल दिलाउन सबै सरोकारवाला जिम्मेवार बन्नु पर्छ ।
स्थानीय तहदेखिनै शिक्षा क्षेत्रलाई गौरवको आयोजनाको रुपमा स्वीकार गरी बजेट र श्रोत साधनको प्रबन्ध गर्न नसक्दासम्म नेपालका समग्र शैक्षिक क्षेत्रको सुधार गर्न सकिन्न । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको सन्दर्भमा शिक्षा क्षेत्रको बजेट २० प्रतिशत पुर्याउन माग जोड तोडका साथ उठेको छ । सार्वजनिक शिक्षाको लागि वकालत गर्दै आएका सामाजिक संघ संस्थाहरुले शिक्षामा लगानी बढाउनु पर्ने आवाज उठाउदै आएका छन् । संविधानतह शिक्षा मौलिक हकको रुपमा रहेको छ । सार्वजनिक शिक्षा निशुल्क र अनिवार्य बनाउनको लाागि राज्यले शिक्षाको क्षेत्रमा बजेट बढाउन ध्यान दिनु आवश्यक छ ।
वर्तमान संघीय सरचना अन्तर्गत शिक्षा साझा अधिकारको रुपमा अधिकार संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा पर्छ । तीनतहको सरकारले एक आपसमा समन्वय र सहकार्य गरेर बजेटको व्यवस्थापनदेखि सार्वजनिक शिक्षाको सुधारमा लाग्नु पर्छ । माध्यमिकतहको शिक्षा प्रदान गर्ने जिम्मेवारी स्थानीय तहले पाएको छ । प्रदेशको जिम्मामा प्राविधिक शिक्षा परेको छ । यस्तो अवस्थामा कक्षा ९देखि १२सम्म पनि प्राविधिक शिक्षा पठन पाठन हुने गरेकोले केही द्विविधा बढाएको छ । स्थानीयलाई भार कर्म गर्न प्रदेशलाई प्राविधिक शिक्षामात्र नभएर कक्षा ११ र १२सम्मको शिक्षाको नियमन गर्न दिए शिक्षालाई व्यवस्थित गर्न सकिने सवाल पछिल्लो पटक उठेको छ । विश्वविद्यालय शिक्षाको जिम्मेवारी पाएको नेपाल सरकारले संघीय शिक्षा ऐन जारी गर्न नसकेको कारण सबै क्षेत्रमा अन्यौलता बढेको छ ।
हरेक वर्ग क्षेत्र लिंग सम्प्रदायका बालबालिकालाई गुणस्तरीय शिक्षा लिन पाउने अधिकार छ । शिक्षामा लगानी बढाए गुणस्तरीय शिक्षा मार्फत मुलुकको समृद्धि हासिल गर्न सकिन्छ । शिक्षाको अधिकार सुनिश्चितताको लागि तीनतहको सरकार र शिक्षाको क्षेत्रमा कार्यरत निकाय सक्रियता पूर्वक लाग्नु आजको आवश्यकता हो । सार्वजनिक शिक्षाको सुदृढिकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्न जरुरी छ । सार्वजनिक शिक्षाको सवलीकरणबाट मात्र मुलुकको रुपान्तरण तथा समृद्धि सम्भव भएकोले सबै बाल बालिकाको निशुल्क तथा गुणस्तरीय शिक्षा लागि सार्वजनिक शिक्षामा लगानी बढाउनु पर्छ ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया