सिद्ध पब्लिक कलेजमा नयाँ समिति

समाधान संवाददाता २०७९ भदौ १७ गते १३:३६

पोखरा ।
सिद्ध पब्लिक कलेज पोखरा १५ नयाँगाउँको तेस्रो अधिवेशनले युवा पण्डित कमलनयन गौतमको अध्यक्षतामा नयाँ कार्यसमितिको चुनेको छ । उपाध्यक्षमा प्रमुख संरक्षक भक्तबहादुर खत्री, कोषाध्यक्ष प्रमुख संरक्षक शिवबहादुर बानियाँ, वरिष्ठ सदस्यमा संरक्षक मीनबहादुर गिरी छन् ।

Advertisement


सदस्यमा संरक्षक तथा पोखरा १५द का वडाध्यक्ष तोरणबहादुर बानियाँ, सिनेटर सदस्य प्रकाश पौडेल छन् । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष श्री तोरणबहादुर बानियाँले स्थानीय सरकारले कलेजलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरे । नवनिर्वाचित अध्यक्ष गौतमले पोखरा १५ को एकमात्र सामुदायिक कलेजलाई नयाँ ढंगले सञ्चालन गरेर समुदायको उत्कृष्ट कलेज बनाउने प्रतिवद्धता गरे ।


कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतमले कलेजको विकासमा सबै सिनेटर सदस्य र शिक्षाप्रेमीले योगदान गर्नुपर्ने बताए । प्रमुख संरक्षक तथा भवन निर्माण समिति संयोजक शिवबहादुर बानियाँले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गरे । क्याम्पस प्रमुख भीमराज पुनले क्याम्पसको यस वर्षको प्रतिवेदन पेश गरे ।

Advertisement


कलेज सञ्चालक समिति अध्यक्ष मीनबहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष भक्तबहादुर खत्री, पवित्रमणि भण्डारी र सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया