महेन्द्रपुलको हिमालयन गार्डेन मिनी मार्केटमा सार्वजनिक शौचालय

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ ले सार्वजनिक शौचालय सञ्चालन गरेको छ । चिप्लेढुंगास्थित हिमालयन गार्डेन मिनी मार्केटसँगको सहकार्यमा गरेर वडा कार्यालयले सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको हो ।
उक्त शौचालयको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली र वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले शुक्रबार बिहान शुभारम्भ गरेका छन् । जनप्रतिनिधिको १०० दिन पुगेको उपलक्ष्यमा उक्त सेवा थालनी गरिएको हो ।
शौचालयहरु आगामी दिनमा थप विस्तार गर्दै जाने वडाध्यक्ष पराजुलीले प्रतिबद्धता जनाए । पोखराको सिद्धार्थचोक र नालामुखमा छिट्टै शौचालय बनाउने उनको योजना छ । शौचालयमा आउने सेवाग्राहीका लागि भित्रै निःशुल्क सवारी पार्किङकोसमेत व्यवस्था गरिएको वडाध्यक्ष पराजुलीले बताए ।
हाल ती वटा शौचालयबाट शुभारम्भ गरिएकोमाा आगामी दिनमा थप विस्तार गरिने हिमालयन गार्डेन मिनी मार्केटका सञ्चालक रतन कार्कीले बताए । उनका अनुसार शौचालयको रेखदेख, मर्मत सम्भार र सरसफाइको काम वडा कार्यालयले गर्नेछ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया