सिद्धि सेतुली प्रतिष्ठानद्वारा १५४ जनालाई छात्रवृत्ति

समाधान संवाददाता २०७९ भदौ १८ गते १६:३९

पोखरा

Advertisement

सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले पोखराका विभिन्न विद्यालयका १५४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानले ‘बाल शिक्षा कार्यक्रम’ अन्तर्गत पूर्वप्राथमिक विद्यालय देखि कक्षा १२ सम्मका असहाय तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरेको हो ।

गण्डकी प्रदेशका शिक्षा तथा विकास निर्देशन अम्विकाप्रसाद आचार्यले छात्रवृत्ति पाउनु होइन ठूलो कुरा होइन त्यसलाई सहि सदुपयोग गर्न सक्नु ठूलो कुरा भएको बताए ।

Advertisement

‘आज छात्रवृत्ति पाउने विद्यार्थी अरुभन्दा अब्बल र सक्षम हुनुपर्छ अरूले तपाइबाट सिक्ने हुनुपर्छ,’ उनले भने, विद्यार्थीको पढाइ लेखाई विद्यार्थीमा मात्र भर पर्दैन अभिभावक र शिक्षकमा पनि भर पर्छ । अभिभावकले धन मात्र होइन मनको लगानी पनि गर्नुपर्यो । शिक्षकले पनि अघि बढ्न चाहने विद्यार्थीलाई अवसर र हौसला दिनुपर्छ ।’

नभएको ठाउँमा सानो सहयोगले पनि ठूलो भूमिका खेल्ने कन्या क्याम्पसका , क्याम्पस प्रमुख सुरेश मानन्धरले बताए । छात्रवृत्तिले विद्यार्थीको शैक्षिक विकासमा सहयोग, प्रेरणा र हौसला मिलेको उनको भनाई थियो । विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिए ।

Advertisement

संस्थाले आर्थिक अवस्था भएका विद्यार्थी तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको उनले बताए । शिक्षाको पहुँचवाट ताढा रहेका तथा आर्थिक अभावकै कारण पढाइ छोड्नपर्ने अवस्था भएका विद्यार्थीलाई सामाजिक संस्थाले निभाउनुपर्ने दायित्व पुरा गर्ने बाँस्तोलाले प्रतिबद्धता गरे ।

मौला इस्लामिक सामुदायिक आधारभुत विद्यालयका २१ जना, नवप्रभात सेकेन्डरी बोर्डिङ स्कुलका २० जना, सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयका २५ जना बाल मन्दिर उच्च माध्यमिक विद्यालयका १५ जना, ज्ञानभूमि माध्यमिक विद्यालयका २७ जना, महेन्द्र माध्यमिक विद्यालयका १२ जना, कन्या क्याम्पसका २५ ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान प्रधान गरिएको थियो ।

तपाईको प्रतिक्रिया