किसानलाई मौरीपालन तालिम

लेखनाथ ।
गार्डेन सिटी बि फार्मिङ पोखरा २६ ले किसानका लागि निःशुल्क तनि दिने मौरीपालन तालिम आयोजना गरेको छ ।
किसानलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षण गर्ने उद्देश्यले मौरीपालनका विधि र उपयोगिताका प्रयोगात्मक विधिबारे तालिम दिइएको हो ।
मौरी पालेर पनि व्यावसायिक बन्न नसकेका किसानका लागि व्यवहारिक ज्ञान दिन तालिम भएको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्की प्रमुख शालिकराम अधिकारीले मौरी जसरी मेहनती छ, त्यसैगरी किसानले पनि मौरी पालनका लागि आधारभूत ज्ञान लिएर काम गर्नुपर्ने बताए ।
गार्डेन सिटी बि फार्मिङका सञ्चालन टेकमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मौरीपालन महासंघ कास्की अध्यक्ष श्रीभद्र बरालले कास्कीमा विशेष गरी सेरेना जातका मौरी पालनका लागि उपयुक्त हावपानी भएको बताए । थोरै लगानीमा नतिजा देखिने गरी व्यवसायिक मौरीपालन गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा ३४ किसानको सहभागिता छ । उक्त अवसरमा प्रशिक्षक मिलन गुरुङ र कमल रानामगरले मौरीपालनको विधि र अपनाउनुपर्ने होसियारीबारे जानकारी दिए । कार्यक्रममा किसानको तर्फबाट बद्रिनाथ भण्डारीले पनि बोलेका थिए ।









प्रचण्ड कास्की ३ बाट सिफारिस
सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया