नाडा इभी एक्सपोलाई लक्की ड्र

समाधान संवाददाता २०७९ भदौ १९ गते ११:२८

काठमाडौं ।
काठमाडौंको भृकुटी मण्डपमा असोज ६ देखि ९ गतेसम्म आयोजना हुने नाडा इभी एक्स्पो २०२२ मा सहभागी हुने कम्पनीका लागि लक्की ड्र कार्यक्रम शुक्रबार नाडाले टेकुस्थित आफनै सचिवालयमा गरेको छ । नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालका अनुसार उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धुव्र थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदीपमान प्रधानसमेत सहभागी थिए ।

Advertisement


नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्स्पो २०२२को तयारी जारी छ । एक्स्पोमा चार पांग्रे, तिन पांग्रे दुई पांग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । प्रदर्शनीमा अटोकम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेन्टस, चार्जिङ स्टेसन, लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीसमेत गरी ४५ भन्दा बढी कम्पनीको सहभागिता हुने भएको छ ।

तपाईको प्रतिक्रिया