हाम्रो बहुउद्देश्यीय सहकारीको सेयर पुँजी ५ करोड ४३ लाख

पोखरा ।
हाम्रो बहुउद्देश्यीय सहकारी पोखरा ८ न्युरोडले यस आर्थिक वर्षमा सेयर पुँजी ३ दशमलव ८५ प्रतिशत अर्थात् २० लाख १५ हजार बढाएर ५ करोड ४३ लाख पुर्याएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी ५ करोड २२ लाख ८५ हजार थियो ।
सहकारीको शनिबार भएको २३ औं वार्षिक साधारण सभा एवं २५ औं साधारण सभामा अध्यक्ष उमानाथ बरालले सहकारीको निक्षेप १४ करोड ८३ लाख ८ हजार १ सय ९ रहेको जानकारी दिए । सहकारीले यस आर्थिक वर्षमा २४ करोड ४ लाख ७१ हजार ५ सय १६ रुपैयाँ कर्जा लगानी गरेको छ । अध्यक्ष बरालले सहकारीको गत वर्ष २१ करोड १४ लाख ४१ हजार ९ सय ७४ कर्जा लगानी गरेको बताए ।
सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ७५ हजार २ सय ६८ रुपैयाँ कुल आम्दानी र २ करोड २ लाख ३५ हजार २ सय ९९ कुल खर्च कट्टा गरी १ करोड ९८ लाख ३९ हजार ९ सय ६९ कुल नाफा गर्न सफल भएको छ । मुनाफामा आयकर व्यवस्था २० लाख ४४ हजार ३ सय ६७ कट्टा गरी सहकारीले सहकारीले यस आर्थिक वर्षमा १ करोड ७७ लाख ९५ हजार ६ सय २ खुद बचतलाई विभिन्न कोषमा बाँडफाँट गरिएको अध्यक्ष बरालले जानकारी दिए ।
सेयर सदस्यमध्ये गोला प्रथाबाट चुनिएका प्रमुख अतिथि चन्द्रकला बास्तोलाले सभा उद्घाटन गरिने । उनले सेयर सदस्यहरुको सहकार्य नै सहकारी भएको बताइन् । सबै सेयर सदस्यले आफ्नै सहकारीका बचत तथा ऋण लिएर कारोबार गर्नुपर्ने उनले उल्लेख गरिन् ।
सभाले अध्यक्ष उमानाथ बरालले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव प्रकाश क्षेत्रीले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नरेश तिमिल्सिनाले पेश गरेको आर्थिक प्रतिवेदन र रकम परिचालन उपसमितिका संयोजक भीमबहादुर गुरुङले प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक केशवराज लम्सालले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
सभाले आगामी कार्यकालका लागि अध्यक्ष वसन्तराज अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति चुनेको छ । उपाध्यक्ष प्रकाश क्षत्री, सचिव नरेश तिमिल्सिना र कोषाध्यक्ष तीताम्बर पराजुली छन् । सञ्चालक समितिको सदस्यमा भीमबहादुर गुरुङ, रितादेवी कँडेल पौडेल, लक्ष्मी थापा, धनप्यारी गुरुङ र गणेश पहारी छन् ।
सहकारीको लेखा सुपरीवेक्षण समिति संयोजक राजुकुमार पौडेल, सदस्यमा नीलकण्ठ कोइराला, पूर्णमान गुभाजु छन् । रकम परिचालन उपसमितिको संयोजक गणेश पहारी, सदस्यमा धर्मदत्त पौडेल र क्या कृष्णबहादुर गुरुङ छन् । व्यवसाय प्रवद्र्धन उपसमितिको संयोजक निर्देशनकुमार चुल्याजु, सदस्यमा कृष्णबहादुर खड्का, झलक गुरुङ र राजन कार्की छन् । शिक्षा उपसमिति संयोजक कमला सुवेदी बराल, सदस्यमा डुकराज अर्याल र पुतलीदेवी गुरुङ छन् ।
सहकारीका निवर्तमान अध्यक्ष चन्द्रबहादुर थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार बोधराज पौडेल, पूर्व अध्यक्ष तथा सल्लाहकार युवराज त्रिपाठी, उपाध्यक्ष वसन्तराज अधिकारी, सचिव प्रकाश क्षेत्री, शिक्षा उपसमितिका संयोजक कमला सुवेदी बराल, सेयर सदस्यहरु शारदाकुमारी गौतम र वीरबहादुर बुढामगर लगायतले सहकारीको बारेमा बोलेका थिए ।
कार्यक्रममा सञ्चालक समितिलाई सहयोग गरेवापत ५ हजार नगदसहित प्रेमकुशल अवार्ड मोतीलाल अधिकारीलाई प्रदान गरिएको छ । उत्कृष्ट बचतकर्ताहरु चित्रकुमारी ढकाल, रेखा गुरुङ त्रिपाठी र कल्पना क्षत्रीलाई सम्मान गरियो । कर्जातर्फ झपटबहादुर चर्मकार, लोकमाया धमला र विकास गुरुङ सम्मानित भए ।
कार्यक्रममा आधारभूत, माध्यमिक र एसइईका उत्कृष्ट विद्यार्थीहरु रितिका पोखरेल, दिपेश अधिकारी, ओस्कार कोइराला, आकृति वाग्ले, संयोग पहारी, सम्झना गुरुङ, आभाष गौतम, कृतभ तिमिल्सिना र वर्षा पौडेललाई समेत सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया