पोउवासको कर्पाेरेट सदस्यमा केसी र कँडेल निर्विरोध

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघमा पोखराको प्रतिष्ठित औद्योगिक घराना केसी ग्रुपकी सदस्य निर्विरोध भएकी छन् । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपकी वन्दना कार्की निर्विरोध चयन भएकी हुन् । उनले युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधित्व गरेकी छन् ।
माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहेका कार्की पोखराको जोन्टा क्लब, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशील छिन् । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल छन् । २ जना कर्पाेरेट सदस्यमा केसी र कँडेलको मात्रै उम्मेदवारी परेको हो ।
पोखरा उद्योग वाणिज्य संघले ३४ औं महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ । त्यसको पूर्वाद्धमै उनीहरु निर्विरोध भएकी हुन् । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था छ ।
संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना, औद्योगिकबाट १ जना तथा वस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया