एमाहा एफआई माइलेज च्यालेन्ज

समाधान संवाददाता २०७९ भदौ १९ गते १२:५६

पोखरा ।
भिएडब्लु इन्टरप्राइजेजको आयोजनामा शनिबार पोखरामा यमाहा जेडआर एफआई स्कुटरको माइलेज च्यालेन्ज भएको छ । पेट्रोलको मूल्य आकासिइरहेका बेला कम्पनीले जेडआर एफआई स्कुटरको माइलेज प्रतिकिलोमिटर ५८ किमी दाबी गरिरहेको छ ।

Advertisement


कम्पनीले दाबी पुष्टि भएको प्रकाश पार्न माइलेज च्यालेन्ज आयोजना गरेको हो । ४० जनाको सहभागिता रहेको माइलेज च्यालेन्ज पोखराको हेमजामा रहेको रिभर भ्याली रिसोर्ट पुगेर समापन भयो । यस पटकको च्यालेन्जमा श्यामप्रसाद पोखरेल विजेता बने । उनले प्रतिलिटर ७१.७७ किमी दौडाए । प्रतिलिटर ७१.७२ किमी दौडाउने अर्जुनबहादुर मगर दोस्रो बने भने ७०.८२ प्रतिलिटर दौडाउने जेनिशा ध्वजू तेस्रो बनिन् ।


यो स्कुटर माइलेजलाई ध्यान दिएर बजारमा ल्याइएको हो । कम्पनीले भदौ १९ देखि असोज २४ गतेसम्म पोखरा रंगशालामा महामेला आयोजना गरेको भिएडब्लुका म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए । मेलामा ग्राहकले दसैं स्किम पाउने उनले बताए ।

तपाईको प्रतिक्रिया