स्याङ्जामा मिनी म्याराथन

स्याङ्जा ।
स्याङ्जामा यस वर्ष पनि मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ वालिङले असोज ८ गते प्रतियोगिता आयोजना गर्दै छ । मिनी म्याथनमा देशभरका ३ सयभन्दा बढी धावक सहभागी हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
१९.२ किलोमिटरको धावनमार्गका लागि सिद्धार्थ राजमार्ग र भित्री सडक खण्डलाई प्रयोग गरिने लियो क्लब ३२५ एम नेपालका डिस्ट्रिक्ट सेक्रेटरी दीक्षान्तप्रताप खाँणले बताए । बिभागीय खेलाडीलाई प्रतियोगितामा भाग लिन निषेध गरिएको खाँणले सुनाए । जिल्लालाई चिनाउन यस्ता कार्यक्रम सहयोगी हुने नेपाल पत्रकार महासंघ स्याङ्जा अध्यक्ष श्रीकृष्ण सिग्देलले बताए ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, वालिङ, भीरकोट, गल्याङ र चापाकोट नगरपालिकाको सहयोगमा प्रतियोगिता हुन लागेको हो । भीरकोट नगरपालिकाको गेटबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको गेटमा आएर सकिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीले क्रमश ३०, २०, १० र ४ हजार प्राप्त गर्ने छन् ।








प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
हाफ म्याराथनको उपाधि गुरुङलाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया