‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पत्रकारिता’ पुरस्कारबाट पत्रकार पराजुली पुरस्कृत

लेखनाथ ।
वरिष्ठ पत्रकार कुसुमकेशव पराजुली चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारण सभाको अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यद्वारा स्थापित तथा लेखनाथ उद्योग वाणिज्य संघद्वारा सञ्चालिन चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पत्रकार पराजुली सम्मानित भएका हुन् ।
पराजुलीलाई नेपाल उद्योग वाणिज्य महासंका अध्यक्ष शेखर गोल्छाले नगद १ लाख एक हजार रुपैयाँ राशिको पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।
ज्येष्ठ नागरिकको पक्षमा कलम चलाउने पत्रकारलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिने कर्मचार्य परिवारले जनाएको छ । उक्त पुरस्कार स्थापना दुई वर्ष अघि मात्र गरिएको हो । यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भइसकेका छन् ।
संघका पूर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापित वातावरण तथा सरसफाइका क्षेत्रमा योगदान पु¥याउने संस्थाहरुमध्येबाट लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठलाई सोही अवसरमा सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया