लेखनाथ उद्योग वाणिज्य संघको साधारण सभा सम्पन्न

समाधान संवाददाता २०७९ भदौ १९ गते १४:५७

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभा उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले कोरोनाकै कारण कमजोर बनेका उद्योग व्यवसायी पछिल्लो समय आर्थिक तरलताको मारमा परेको गुनासो गरे । यस्तो कमजोर अवस्थामा सरकारको कर छुट गर्नुपर्नेमा उल्टै व्यापारीलाई पेल्ने काम गरेको आरोप उनले लगाए ।

Advertisement

‘अधिकांश उद्योगको अवस्था खराब छ, तीन वर्षयता उद्योग व्यवसाय नाफामा छैनन्, अब विस्तारै सुधारको बाटोमा जाँदै छन्,’ अध्यक्ष गोल्छाले भने । सोही अवसरमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले देशमा राजनीतिक परिवर्तन भए पनि निजी क्षेत्रका सवालमा कुनै परिवर्तन नभएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशका अध्यक्ष सुन्दर श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेश सभा सदस्य दीपक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, केन्द्रीय सदस्य पुष्प कुँवर, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लगायतले लेखनाथ उद्योग वाणिज्य संघले ग्रामीण क्षेत्रलाई समेटेर सरकारको सहयोगीका रुपमा विकास र सम्मृद्धि निर्माण कार्यको काममा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले संघले २५ वर्षको रजत वर्षमा गरेका कार्यहरुका वारेमा जानकारी गराएका थिए । संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपमहासचिव जानुका पराजुलीर धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गरेका थिए ।सोही अवसमा रजत स्तम्भ अनावरण गरिनुका साथै संघको स्थापना कालदेखि हालसम्मका विभिन्न गतिविधिहरु समेटिएको स्मारिकाको विमोचन समेत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया