इन्द्रेणीको तीजमा सफल उद्यमी महिला प्रथम

पोखरा।
हरितालिका तीजको अवसर पारी पोखरा १ स्थित पुरानो टँुडिखेलमा आयोजना गरिएको ऐतिहासिक तीज मेला २०७९ सम्पन्न भएको छ । १० भदौदेखि जारी मेला १६ गतेसम्म आयोजना गर्ने भनिएकोमा अवधि एक दिन थप गरिएको मेल शुक्रबार साँझ सम्पन्न भएको थियो ।
इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा आयोजना गरिएको मेलामा विभिन्न प्रतियोगिताहरु समेत गरिएको थियो । मेलामा आयोजना गरिएको आमा समूह स्तरीय मौलिक तीजगीत प्रतियोगितामा सफल उद्यमी महिला समूह पोखरा २५ प्रथम हुँदै नगद ३५ हजार १०१ जित्यो ।
नमूना आमा समूह पोखरा १ ले दोस्रो हुँदै नगद २० हजार १०१ पायो । माछापुच्छ्रे सेवा समाज पोखरा २५ तेस्रो हुँदै १० हजार १०१, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौर र राष्ट्रिय मावि महिला समूह सान्तवना हुँदै नगद पाँच पाच हजार, अभियान आमा समूह पोखरा १ र सक्षम अभियान नेपालले उत्कृष्ट भेषभुषा वापत तीन/तीन हजार, अनुश्रीया लामिछानेले उत्कृष्ट नृत्यतर्फको नगद तीन हजार पुरस्कार हात पारे ।
खुला तीज गृहिणी एकल नृत्य प्रतियोगितामा दीपा क्षेत्री प्रथम हुँदै नगद १० हजार एक, पद्मा पौडेल दोस्रो हँुदै नगद सात हजार एक र लक्ष्मी बास्तोला तेस्रो हुँदै नगद पाँच हजार एक पुरस्कार पाइन् । अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अञ्जुली बोडिङ स्कुल प्रथम हुदै नगद १० हजार एक, मनकामना बोडिङ स्कुल दोस्रो हुदै नगद सात हजार एक, पोखरा आदर्श बोडिङ स्कुल तेस्रो हुदै नगद पाँच हजार एक, राष्ट्रिय मावि, हेमजाबोर्डिङ र संस्कृत माविले सान्तवना स्थान हात पादै नगद तीन तीन हजार, ज्ञानुवावा बोर्डिङ स्कुुलले उत्कृष्ट भेषभुषा वापत नगद तीन हजार पुरस्कार पाए ।
गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगितामा किरण सुनार प्रथम हँुदै नगद १२ हजार एक, रोहित सुना दोस्रो हुदै सात हजार एक र राजेश गुरुङ तेस्रो हुदै नगद पाँच हजार एक पुरस्कार पाए । समापन कार्यक्रममा मोतीमान शाक्य र महिला उद्यमी तीर्थमाया जोशीलाई सम्मान गरिएको थियो ।
यसअघि मेला उद्घाटन पुर्व १० गते निकालिएको प्रभातफेरीमा उत्कृष्ट झाँकीतर्फ ज्ञानुबाबा मावि, भेषभुषामा क्षेत्री समाज महिला इकाई पोखरा १ र नेवाः मिस पुचः पोखरा १ अनुशासित घोषित हुँदै पुरस्कृत भएका थिए । ८ दिनसम्म चलेको मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा लगायत विभिन्न स्टलहरुसँगै रेस्टुरेन्ट र बाल उद्यान सगै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसमेत थियो ।
आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न मेला समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सभा सदस्य गायत्री गुरुङ, संविधान सभा सदस्य सारदा पौडेल, तेजकुमारी पौडेल, वेटर होम एप्लिकेसनका सेल्स प्रमुख उपेन्द्र गप्ता, अन्नपूर्ण केवलकारका निर्देशक तीर्थराज त्रिपाठी, पोखरा १ का अध्यक्ष सहारा प्रधान, पोखरा २ का अध्यक्ष दिवसमान प्रधानाङ, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली लगायतले विजेता समूह सँगै खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया