गोल्डेन सहकारी संस्थालाई झन्डै ३ करोड सञ्चालन नाफा

पोखरा ।
गोल्डेन बचत तथा ऋण सहकारी संस्था, पोखरा–८ को १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखराका मेयर प्रमुख धनराज आचार्यले सभाको उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले सहकारीमा सहजीकरण र सवलीकरणको आवश्यकता औंल्याए ।
पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले उत्पादनशीलता जोड दिनुपर्ने बताए । संस्थाका अध्यक्ष बालकृष्ण बरालले संस्था सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहेको उल्लेख गरे । उनले संस्थामा २ हजार २ सय २० जना सेयर सदस्य रहेको, सेयर रकम ९ करोड ५७ लाख, बचत संकलन ५९ करोड ४० लाख, लगानीमा बाँकी रकम ५२ करोड ३० लाख, सञ्चालन नाफा २ करोड ९० लाखभन्दा बढी भएको जानकारी दिए ।
सर्वोत्कृष्ट ३ बचतकर्ता दुर्गाकुमारी आचार्य, बालकृष्ण बराल र भरतराज बराललाई कार्यक्रममा सम्मान गरिएको थियो । धनसिर्जना बचतमा सर्वोत्कृष्ट ३ जना लक्ष्मण भण्डारी, कृष्णप्रसाद सुवेदी र कृष्णप्रसाद पोख्रेल सम्मानित भए । असल कारोबारीमा उत्कृष्ट दिनेश कँडेल, धनबहादुर गुरुङ र आशीष कुँइकेल सम्मानित भएका छन् । उत्कृष्ट कर्मचारीमा संस्थाका प्रबन्धक दीपक पन्त सम्मानित भए ।
नेपाल कृषि प्रसार समितिबाट सम्मानित सेयर सदस्य कृष्णप्रसाद बराल र त्रिविबाट विद्यावारिधि गरेका डा. नगेन्द्रबहादुर भण्डारी, जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदीलाई कदरपत्र प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका प्रबन्धक दीपक पन्त सम्मानित भए ।
राष्ट्रिय परीक्षा बोर्ड–२०७६ मा कक्षा १२ विज्ञान संकाय उत्तीर्ण सावित्री गौतम र सन्जन श्रेष्ठ, स्नातक तहतर्फ लीजा गुरुङ र सन्तोष पौडेल, २०७७ को स्नातकोत्तरतर्फ उत्तीर्ण दृष्टि अधिकारीलाई सम्मानपत्र प्रदान गरियो ।
२०७७ मा कक्षा १२ विज्ञान संकाय उत्तीर्ण आयुषा गिरी र आदित्यराज पौडेल, स्नातक तह फार्मेसीका सन्ध्या पौडेल र स्नातक तह वन विज्ञान संकायका आशीष पौडेल, २०७७ स्नातकोत्तरमा नितेश बराल, राधिका पौडेल, कक्षा १२ विज्ञान संकायका प्रतीक अधिकारी, सिटिइभिटीबाट नर्सिङतर्फ प्रकृति श्रेष्ठ, पोविविबाट स्नातक उत्तीर्ण पूजा अधिकारी र २०७८ मा स्नातक गर्नेतर्फबाट विजय पौडेललाई सम्मानपत्र प्रदान गरियो । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव कृष्णप्रसाद पोखरेलले सञ्चालन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डे, जिल्ला सहकारी संघ कास्कीका प्रतिनिधि दीपकप्रकाश आचार्यले सहकारीले उल्लेखनीय प्रगति गरेको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुप्रसाद बराल, महेन्द्रप्रसाद रिमाल, डा नगेन्द्रराज भण्डारी, सेयर सदस्य इन्दिरा काफ्ले, डण्डपाणि अधिकारीले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया