लेखनाथ हार्डवेयर एसोसिएसनको नवौं वार्षिक साधारण सभा सम्पन्न

लेखनाथ ।
लेखनाथ हार्डवेयर एसोसिएसनको नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभा उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले व्यवसायीबीच एकता हुनुपर्नेमा जोड दिए ।
उनले समयअनुसार व्यवसायलाई आधुनिकीकरण एवं परिमार्जन गर्न सके व्यावसायिक सफलता हासिल गर्न सकिने बताए । उनले आइपर्ने विभिन्न समस्याको एकीकृत रुपमा सामाधान समेत निकाल्न सकिने बताए । व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि संघले विभिन्न समयमा तालिम सञ्चालन गर्दै आएको र बक्यौता असुली, चेक बाउन्स हुने जस्ता समस्याका लागि संस्थागत रुपमा समेत पहलकदमी लिने गरेको बताए ।
एसोसिएसन संस्थापक अध्यक्ष राजेन्द्र ओझाले कोरोना महामारीका कारण व्यवसायमा नराम्रो असर परेको बताउँदै यसतर्फ राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय डाँडाको नाक प्रमुख उदयबहादुर कुँवर, वस्तुगत संघको तर्फबाट निर्माण व्यवसायी संघका प्रेमबहादुर थापा, पूर्व अध्यक्ष ऋषिराम भण्डारी, वरिष्ठ सल्लाहकार भक्तबहादुर केसी, सल्लाहकार भरत अधिकारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष ऋषिराम जमरकटृेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक गमबहादुर सुनारले स्वागत, महासचिव नवराज तिवारीले सञ्चालन र प्रथम उपाध्यक्ष अर्जुन पंगेनीले धन्यवाद ज्ञापन गरेका थिए । कुुल १३ हार्डवेयर व्यवसायीको पहलमा २०६६ सालमा स्थापना भएको एसोसिएसनमा हाल १ सय बढी व्यवसायीहरु आवद्ध छन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया