गौरव बचत तथा ऋण सहकारी संस्था १५ औं वर्षमा

समाधान संवाददाता २०७९ भदौ १९ गते १६:०१

लेखनाथ ।
पोखरा ३० को हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १४ वर्ष पार गरेको छ । संस्थाले स्थानीय विभिन्न सहकारीलाई एकीकरण गरी एक हजार नौ सय ५७ सेयर सदस्यहरुबाट १२ करोड ३६ लाख २४ हजारको सेयर पुँजी बनाउन सफल भएको हो ।

Advertisement

शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीका सात सिद्धान्त भित्रको सामाजिक उत्तरदायित्वलाई मनन गरी स्थानीय तहको विकास निर्माणमा सहकारी जोडिनुपर्ने सुझाव राखेका हुन् ।

सोही अवसरमा सहकारी रजिीट्रार कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार उदयबहादुर पराजुलीले ऋण प्रवाह गर्दै जोखिमलाई हेरेर कम लागतमा बढी फाइदा हुने क्षेत्रलाई हेरेर मात्र लगानी गर्नुपर्ने धारणा राखे ।

Advertisement

कार्यक्रममा संस्थाका सल्लाहकार चोलाकान्त च्वाई, सोमनाथ बास्तोला, पूर्व अध्यक्ष प्रेमप्रसाद शर्मा, उत्कृष्ट कारोबारकर्ता नारायणी तिवारी र घननाथ सापकोटा लगायतले अहिलेको अवस्था भिन्न भएकाले जोखिमलाई मूल्यांकन गरी खराब कर्जालाई कम गर्ने बाटोलाई अवलम्वन गर्नुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकान्त देवकोटा र स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी ढकालले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया