आरजु राणा बागलुङ २ बाट सिफारिस

समाधान संवाददाता २०७९ भदौ १९ गते १६:१४

पोखरा ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङले प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाको नाम सिफारिस गरेर पठाएको छ । शनिबार बसेको बैठकले बाग्लुङ क्षेत्र नम्बर २ बाट राणा सहित १० जनाको नाम सिफारिस गरीएको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

Advertisement

नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया