बागलुङ नगरपालिकाका पूर्व उप प्रमुखलाई भ्रष्टाचारकाे आराेप

समाधान संवाददाता २०७९ भदौ १९ गते १७:४२

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध नदी उत्खनन गर्दा राजश्व हिनामिना गरेको आरोप लगाएको छ । ढुङ्गा, गिट्टी तथा बालुवाको टेन्डर भ्रष्टाचारको गरेको आरोपमा आयोगले पाँच जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार पूर्व नगर–उप प्रमुख सुरेन्द्र खड्का, तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवी उपाध्याय र तत्कालिन राजश्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया