
पोखरा ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि ७२ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको छ ।
ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरू हुने प्राधिकरणले जनाएको छ। कम्तीमा पनि एक महिना अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान छ ।
रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताए। प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ । वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रूख कटानका लागि स्वीकृति दिएसँगै रूख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयले रूख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रूख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएको छ। यसैबमोजिम काटिएका रूख विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ । उक्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ । कुल २२ अर्ब रूपैयाँ लागतमा बनेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान हुनेछन् ।
क्षेत्रीयस्तरका वायुसेवाहरू यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका पनि प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया