लेखनाथ सामुदायिक सहकारी १४ औं वर्षमा

समाधान संवाददाता २०७९ भदौ २० गते ११:५४

लेखनाथ ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा २७ ले विविध कार्यक्रमका साथ १४ औं वार्षिक साधारण सभा मनाएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारीले सेयर सदस्यको पैसा बचेर कमाएको नाफालाई बोनसको रुपमा वितरण गर्नु मात्र सहकारीको मर्म र सिद्धान्त नभएको बताए ।

Advertisement

उनले आय आर्जनको क्षेत्रमा लगानी बढाउँदै उत्पादनशील क्षेत्रको प्रवद्धन गर्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले लगानी गर्दै आएका विभिन्न क्षेत्रका उत्कृष्ट सेयर सदस्यहरु र विभिन्न उपसमितिका संयोेजक तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन निकाय कास्कीका प्रमुख अजय अधिकारी, सल्लाहकारहरुको तर्फबाट राममणि अधिकारी, सिएमसी कास्कीका अध्यक्ष कपिल कोइराला लगाएतले सहकारीले गरिबलाई धनी बनाउने योजना ल्याउनुपर्नेमा जोड दिएका थिए । संस्थाका सचिव कृष्णप्रसाद तिवारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हिमालय ओझाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया