मुख्यमन्त्रीका दावेदार किरण गुरुङ संघमा सिफारिस
किरण कमरेडले आफ्नाे चाहना भन्दा पनि तनहुँ २ का कार्यकर्ताकाे माग स्वीकार गर्नु भएकाे हाे– पाेखरेल

तनहुँ ।
पहिलाे प्रदेश सभा निर्बाचनमा गण्डकी प्रदेशकाे मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभा सदस्य निर्बाचन लडेका नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई आउदाे निर्बाचनमा संघीय सांसदका लागि सिफारिस भएका छन् ।
नेकपा एमाले तनहुँकाे प्रदेश समन्वय कमिटीले गुरुङलाई संघीय संसदमा उठाउने गरी सिफारिस गरेकाे छ । गण्डकी प्रदेश सरकारमा अर्थमन्त्री रहेर काम गरेका गुरुङ तनहुँ जिल्लामा एमालेकाे सबै भन्दा शिर्ष एवं लाेकप्रिय नेता हुन् ।
०७४ काे निर्बाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीका उमेद्वारका रुपमा किरण गुरुङलाई प्रदेश सभा सदस्य लड्न पठाएका थिए । उनीसँगै अध्यक्ष ओलीले तत्कालिन एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई पनि मुख्यमन्त्रीकै उमेद्वार बनाएर प्रदेश सभामा टिकट दिएका थिए ।
त्याे बेला अध्यक्ष ओलीले एउटा नेता कथंकथाचित पराजित भएमा विकल्प चाहिन्छ भन्दै २ जना शिर्ष प्रदेश सभामा चुनाव लड्न पठाउनु भएकाे थियाे– एमालेका एक जना शिर्ष नेताले समाधानसँग भने–दुवै जना विजयी भएपछि पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाएर किरण गुरुङलाई दाेश्राे वरियतासहित अर्थमन्त्री बनाउनु भएकाे थियाे ।
अहिले भने तनहुँ–२ का नेता कार्यकर्ताले किरण गुरुङलाई संघीय सांसद बन्न आग्रह गरेकाे अनेरास्ववियू गण्डकीका सचिव आरके पाेखरेलले बताए । किरण कमरेडले आफ्नाे चाहना भन्दा पनि तनहुँ २ का कार्यकर्ताकाे माग स्वीकार गर्नु भएकाे हाे– पाेखरेलले समाधानसंग भने ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया