पत्रकार अथकलाई यातायात पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०७९ भदौ २० गते १४:५०

पोखरा ।
पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०७९ बाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको चौथो साधारण सभाको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र छ ।

Advertisement

अथक विगत दुइ दशक भन्दा बढी पोखराको पत्रकारितामा क्रियाशील छन् । रेडियो, पत्रिका, टेलिभिजनमा लामो समयसम्म काम गरेका उनी हाल समयदृष्टि अनलाइनको सम्पादक तथा रेडियो सराङ्कोटको समाचार प्रमुख हुन् । उनी नेपाल पत्रकार महासंघको राष्टिय परिषद सदस्यसमेत छन् ।


पुरस्कार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्का, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले हस्तान्तरण गरेका हुन् । पुरस्कृत भएपछि पत्रकार अथकले पुरस्कारले पत्रकारितामा थप जिम्मेवारी थपिएको बताउँदै आगामी दिनमा कलम र आवाज थप सशक्त बनाउँदै लैजाने बताए ।


सो अवसरमा महिला सहचालकहरु जुना गुरुङ, सोना अधिकारी, पुष्पा नकर्मी र दुर्गा भुजेललाई सम्मान गरिएको छ । असल चालकमा गोकुलप्रसाद चौलागाइँ, उत्कृष्ट कर्मचारीमा लक्ष्मीकान्त ढकाल, र व्यवसायी खड्गबहादुर गुरुङलाई सम्मान गरिएको छ ।


यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले यातायातका समस्या चाँडै समाधान हुने बताए । उनले सरकार र व्यवसायीको हातेमालो आजको आवस्यकता भएको टिप्पणी गरे । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्टिय महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ट उपाध्यक्ष हरिश्चन्द्र केसी, उपाध्यक्ष सरोज सिटौला, ऐनकुमार शाही, गण्डकी प्रदेश संयोजक केदारप्रसाद पौडेल, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल, यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिजाल, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिेना, पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, पूर्व अध्यक्ष वमहादुर गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, कृष्णप्रसाद ढुंगाना, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णुवहादुर केसी, मजदुर अगुवा किरणवावु पन्त, अग्नी खनाल, तिलबहादुर विक, सूर्य गुरुङ, र प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सिना लगायतले बोलेका थिए ।

Advertisement

साधारण सभाले अध्यक्ष तथा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ । सो अवसरमा संस्थाले व्यवसायीका परिवारलाई स्वास्थ्य बिमा वापत ५० प्रतिशत भुक्तानी गर्ने निर्णय पारित गरेको कम्पनीका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया