गुरुङ पर्यटन व्यवसायी संघमा नयाँ नेतृत्व
पोखरा ।
गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकीको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले किसमकुमारी गुरुङको अध्यक्षतामा नयाँ समिति चुनेको छ । मादी २ ताङतिङमा शनिबार भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सूर्य घले, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिव तलबहादुर गुरुङ, सचिवमा गंगा घले, कोषाध्यक्षमा भूपाल गुरुङ, सहकोषाध्यक्षमा मिलन गुरुङ, कार्यसमिति सदस्यमा विष्णु गुरुङ ‘एकता’, राजु गुरुङ, कन्यप्रसाद गुरुङ, जगनराज गुरुङ र राम गुरुङ छन् ।
सल्लाहकारमा बोबरजंग गुरुङ, हर्कबहादुर गुरुङ र किसम गुरुङ मनोनयन भएका छन् । कार्यक्रममा गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, नाटा गण्डकी सचिव चेतबहादुर कार्की, हान गण्डकी अध्यक्ष लक्ष्मण सुवेदी, जिटिन केन्द्रका महासचिव जयबहादुर गुरुङ, टान केन्द्रका उपाध्यक्ष धनबहादुर गुरुङ, मादी २ का वडाध्यक्ष भोजबहादुर गुरुङ, जिटिन केन्द्रका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारी, जिटिनका अध्यक्ष पिताम्बर गुरुङ, मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रमको पूर्व सन्ध्यामा संघले ‘होम स्टेका सम्भावना, अवसर र चुनौतीमा अन्तक्र्रिया गरेको थियो । संघका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कालाबाङ घरेडी सामुदायिक होम स्टेका अध्यक्ष यामबहादुर गुरुङ, सिक्लेस होम स्टे अध्यक्ष पदमबहादुर गुरुङ, घाम्राङ सामुदायिक होम स्टे लमजुङका अध्यक्ष राजु गुरुङ, ताङतिङ होम स्टे अध्यक्ष पसमाया गुरुङ, पर्यटन सेन्चुरी घान्द्रुक छोम्रोङ अध्यक्ष जगनराज गुरुङ, अर्मला होम स्टे अध्यक्ष बबिता गुरुङ, पर्यटन व्यवसायी मीनबहादुर गुरुङ, किसम गुरुङ, कार्यक्रम संयोजक बोबरजंग गुरुङ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया