सिक्लेस हाइड्रोपावरकाे आईपीओ आउदै

समाधान संवाददाता २०७९ भदौ २१ गते ११:३७

पोखरा ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

Advertisement

प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्ता सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया