बाल परिषद्का पदाधिकारीलाई तालिम
पोखरा ।
गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले प्रदेश बाल परिषद्का पदाधिकारीका लागि क्षमता विकास तालिम गरेको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा आयोजित तालिममा मन्त्रालयका उपसचिव पुष्पराज पौडेल, प्रदेश बाल परिषद्का अधिकृत बद्रीप्रसाद वाग्ले र अधिवक्ता कुञ्जनी परियार प्यासीले सहजीकरण गरेका थिए ।
तालिममा बाल अधिकारसम्बन्धी कानुनी व्यवस्था, बालबालिका सम्बन्धी प्रादेशिक संरचना, प्रदेशको प्राथमिकतासँगै मन्त्रालयको भूमिका, प्रदेश बाल परिषद्को जिम्मेवारी, बालमैत्री स्थानीय शासनको अवधारणाको सूचकबारे प्रशिक्षण दिइएको उपसचिव पौडेलले बताए ।
कार्यक्रममा प्रदेश बाल अधिकार परिषद्का अधिकृत बद्रीप्रसाद वाग्लेले बालबालिका सम्बन्धी नियमावली आउने प्रक्रियामा रहेको बताए । कार्यक्रममा मन्त्रालयका महिला विकास निरीक्षक देवी शर्मा र शरद गुरुङ पौडेल, प्रदेश बाल अधिकार परिषद्का अध्यक्ष सुदीप पौडेल लगायतले बोलेका थिए ।








तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया