कक्षा १२ मा कास्की टप विद्यार्थीले विन्ध्यवासिनी क्याम्पस राेजे

पोखरा ।
कक्षा १२ मा कास्की जिल्लामा उत्कृष्ट ग्रेड ल्याउन सफल विद्यार्थीले थप अध्ययनका लागि पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसलाई रोजेका छन् ।
कक्षा १२ तर्फ व्यवस्थापन संकायमा कास्की मै उत्कृष्ट जिपिए ३.७५ ल्याएका करुणानिधि माविका साहिल गुरुङ, भारती भवन मावि पुरञ्चौरका सीता सापकोटा र शुशीला नेपालीले विन्ध्यवासिनी क्याम्पसको अवलोकन गरी विविएस अध्ययनका लागि भर्ना भएको क्याम्पसका लेखापाल भीमबहादुर गायकले जानकारी दिए । २०६६ सालदेखि व्यवस्थापन संकायमा स्नातक तहको कक्षा संंचालन गरेको क्याम्पसले १२ वर्षको अवधिमा उत्कृष्ट नतिजा हासिल गरेको क्याम्पसका सूचना अधिकारी माधव अधिकारी जानकारी दिए ।
क्याम्पसको उत्कृष्ट नतिजाका कारण पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्नुका साथै क्याम्पसले विद्यार्थी केन्द्रीत शिक्षालाई थप गुणस्तरीय बनाएको छ । विद्यार्थीको आकर्षण सँगसँगै क्याम्पसले अतिरिक्त क्रियाकलाप तथा शैक्षिक अवलोकन भ्रमणलाई प्राथमिकता दिएको क्याम्पस प्रमुख विजय शर्माले बताए ।
नवआगन्तुक कास्की जिल्ला कै उत्कृष्ट विद्यार्थीलाई क्याम्पसले मंगलबार एक कार्यक्रमका बीच स्वागत सहित सम्मान गरेको छ । उनीहरुलाई क्याम्पस प्रमुख विजय शर्मा, प्राध्यापक भोजबहादुर थापा, क्याम्पसका सूचना अधिकारी माधव अधिकारी, क्याम्पस संचालक समितिका सदस्य नवीन अधिकारी र लेखापाल भीमबहादुर गायकले मायाको चिनो सहित अबिर र खादा लगाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै उत्कृष्ट विद्यार्थी गुरुङले सरकारी स्तरमा विन्ध्यवासिनी क्याम्पसले छुट्टै इतिहास कायम राखेको बताउँदै आफूले यस अघि निजी स्कुल पढे पनि अहिले यसै क्याम्पसलाई रोजेको बताए । क्याम्पस प्रमुख शर्माले विन्ध्यवासिनी क्याम्पसले गुणस्तरीय शिक्षाका लागि सबै पक्षसँग समन्वय गरेका कारण उत्कृष्ट बनेको बताए ।
क्याम्पसमा नयाँ भर्ना खुले सँगै विविएस अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको बताइएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया