वृद्वाश्रममा कर्मचारी युनियनको दिवस

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीले आइतबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पोखरा ३२ स्थित तल्लो गगनगौंडामा रहेको राधाकृष्ण वृद्वाश्रममा सहयोग गरिएको छ । युनियनले वृद्वाश्रमलाई खाद्यान्न सहयोगसँगै वृद्ववृद्वालाई फलफूल वितरण गरेको छ ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र युनियनका अध्यक्ष सुरेशकुमार श्रेष्ठले वृद्वाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै सभापति बरालले युनियन पेशागत विषयसँगै मानवीय सेवासँग पनि जोडिएको बताए । उनले निजामती सेवालाई प्रभावकारी बनाउन आग्रह गरे ।
नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मीले निजामती कर्मचारीले राज्य र नागरिकको सम्वन्ध सुमधुर बनाउने गरी काम गर्नुपर्ने उल्लेख गरे ।
त्यस अवसरमा नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, जिल्ला सदस्य गंगाधर पराजुली, बानका केन्द्रीय अध्यक्ष कुमार भट्टराई, पोखरा ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, युनियनका गण्डकी उपाध्यक्ष अर्जुन गुरुङ, केन्द्रीय सदस्यहरु विश्वराज आचार्य, बद्री पौडेल, निवर्तमान अध्यक्ष डार्बिन लम्साल लगायतले बोलेका थिए । नेपाल निजामती युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता ढुंगानाले स्वागत र सचिव सुमन शर्माले सञ्चालन गरेका थिए ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया