पोखरा जेसीजद्वारा फेवा आधारभूत विद्यालयमा स्टेसनरी वितरण

पोखरा ।
पोखरा जेसीजले पोखरा २३ पामे मार्मीमा रहेको फेवा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
सो अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थी तथा अभिभावकको निशुल्क दन्त परीक्षणसमेत गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष रामकाजी गुरुङले पोखरा जेसीजका वर्तमान अध्यक्ष मीनराज खड्काको शिक्षाको सुरुवात यसै विद्यालयबाट भएको कुरा स्मरण गर्दै आफू पढेको विद्यालयमा शैक्षिक तथा खेलकुदका सामान वितरण गर्नुका साथै निशुल्क दन्त परीक्षण शिविर गरेकोमा धन्यवाद दिए ।
विद्यालय व्यवास्थापन समिति अध्यक्ष श्यामबहादुर गुरुङले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक दरबन्दी थप्नुपर्ने बताए । पोखरा महानगरपालिकाभित्र भए पनि महानगरको नजर विद्यालयमा पर्न नसकेको उनको गुनासो छ । विद्यालय निरीक्षक रामप्रसाद तिवारीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका सहयोग गर्न तयार रहेको उल्लेख गरे । कार्यक्रममा कुशल पौडेल र प्रकाश घिमिरेले पनि बोलेका थिए ।







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया