कास्की कांग्रेसको ३ दिने अभियान सुरु

समाधान संवाददाता २०७९ भदौ २१ गते १९:०२

पोखरा ।
‘जनताको साथमा कांग्रेस अभियान’ को पहिलो चरणको कार्यक्रम कास्की कांग्रेसले सुरु गरेको छ । कास्कीका ७२ वडा इकाईहरुमा केन्द्रित गरी एकै साथ अभियान शुरु गरिएको हो ।

वडा इकाईहरुमा मंगलबार छुट्टाछुट्टै कार्यक्रम गरी वडास्तरमा अभियान सुरु गरिएको हो । कार्यक्रमहरुमा अभियानको उद्देश्यबारे जानकारी दिइएकोे जिल्ला सभापति किशोरदत्त बरालले बताए ।

अभियान अन्तर्गत लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको चाहना सुन्ने, भावना बुझ्ने, कांग्रेस नेतृत्वमा भएका राजनीतिक–आर्थिक उपलब्धि र कांग्रेसले लिएका अडानबारे प्रचार गर्ने, गठबन्धनको आवश्यकता बुझाइने जनाइएको छ ।

Advertisement

अभियानका लागि ३ दिने कार्यक्रम पनि तय भएको कास्की कांग्रेसका सहसचिव नवीन सिग्देलले जानकारी दिए । भदौ २२ गते वडाहरुा मतदाता संवाद, २३ गते गठबन्धनका दलबीच चियापान छलफल र २४ गते वीपी जयन्तीको अवसरमा ‘प्रजातान्त्रिक समाजवाद र यसको सान्दर्भिकता’ विषयक प्रवचन कार्यक्रम राखिएको छ । प्रवचन कार्यक्रम पछि नै अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न हुने सिग्देलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया