संघको भवन पुनर्निर्माण गरौं, सपिङ कम्प्लेक्स पनि बनाऔं

सञ्जय रानाभाट २०७९ भदौ २३ गते २१:२५

अर्जुन पोखरेल, अध्यक्षका उम्मेदवार, पोखरा उद्योग वाणिज्य संघ


—पोखरा उद्योग वाणिज्य संघको साख फर्काउने योजना तपाईंसँग के छ ?
बिचमा स्थानीय तहको नेतृत्व नहुँदा उद्योग वाणिज्य संघ विकासको साझेदार पनि बन्यो । अहिले परिस्थिति फर्किएको छ । संघ निजी क्षेत्रका लागि काम गर्ने संस्था भएको हुँदा त्यो साख फर्काउन सबैको साझा घर बनाउनुपर्छ । हिजोको निर्वाचन प्रणालीहरु फरक तरिकाले थियो । पार्टीको दुईवटा प्यानल बनेर पनि निर्वाचन भए । निर्वाचिनमा पराजित भएका साथीहरुले अर्को संस्था खोले । त्यो हुँदा निजी क्षेत्रको आवाज एकीकृत हुन सकेन । अहिले मेरो प्रतिबद्धता संघ सबैको साझा घर बनाउने भन्ने हो ।


—वास्तविक उद्यमी व्यवसायीभन्दा नेता बन्न खोज्नेहरुमात्रै संघमा आउन थाले भन्छन् नि !
संघको सदस्यता विस्तार त एकदमै कम हो । म पनि लामो समयसम्म त्यहाँ छु । संघले सदस्यता बनाउन कार्यक्रम दिनुप¥यो । हिजोको विरासतलाई फर्काउनुप¥यो । उद्योगी व्यवसायका समस्याका बारेमा बोल्नुप¥यो । कार्यक्रम दिने बित्तिकै आकर्षण बढ्छ । यसैले हामीले आर्थिक रुपमा सबल बनाउने हिजो भएका राम्रा कार्यलाई निरन्तरता दिने मेला महोत्सवलाई अलिकति परिमार्जित गर्नुपर्छ । आर्थिक रुपमा संघ सबल भयो भने छाता संगठनले आफ्ना व्यवसायीहरुलाई कार्यक्रम दिन सकिन्छ । विदेशी दातृ निकायसँग ठूलो सम्बन्ध थियो । अलिले त्यो सम्बन्धको टुटेको देखिएको छ । आइटी मैत्री संघ बनाउनुपर्छ र दातृ निकायसँग पनि समन्वय गर्ने मेरो योजना छ ।


—संघको आम्दानीका स्रोत सुकेका छन् , अध्यक्ष हुनुभयो भने आम्दानी कसरी बढाउनुहुन्छ ?
संघको भवन अलिकति जीर्ण भएको छ । यसलाई पुननिर्माण गर्न एक्दमै जरुरी छ । संघमा आवद्ध ३१ सय ४३ जना छन् । तीमध्ये ६० प्रतिशतसँग सहकारी मोडल होला अथवा पब्लिक कम्पनीको मोडलमा हामीले त्यो भवनलाई बहुतले भवन बनाउन सकिन्छ । पोखरा पार्किङको पनि समस्या छ । दुई तले अन्डरग्राउन्डसहितको भवन बनाउन सकिन्छ । त्यो अडरग्राउन्ड पार्किङमा बिहान, बेलुवा जति बेला गाडी पार्किङ हुँदैनन्, त्यो समयमा हाट बजार लगाउन सक्छौं, अहिले फुटपाथको पनि समस्या देखिएको छ । विगतमा सञ्जीवबहादुर कोइराला हुँदा पोखराको फुटपाथ व्यवस्थापन भएको थियो । त्यो अहिले बढिरहेको छ । फुटपाथका साना व्यवसायीलाई पनि करको दायरामा ल्याउन सकिन्छ । उनीहरुलाई दिन तोकेर एउटा हाटबजारको रुपमा विकास गर्ने, त्यसको शुल्क कम गरे भयो । उनीहरुलाई पनि विकल्प दिनुप¥यो । साथसाथै पोखरालाई पनि सुन्दर बनाउनुप¥यो । संघको भवनमा ३ अथवा ४ तलाको सपिङ कम्प्लेक्स विकास गर्नुप¥यो । पाँचौं र छैटौं तलामा एउटा हल बनाउने व्यवस्थित र संघको सचिवालयको कार्यालय राख्न सकियो भने त्यो हुन्छ । यसरी केही पैसा पनि जम्मा गर्न सकिने मेरो सोच छ ।


—पोखरा सभागृह, पोखरा विश्वविद्यालय र पोखरा विमानस्थल निर्माणको सपना र योजना संघले बनाएको थियो । तर आज संघसँग पोखरा निर्माणका कुनै दृष्टिकोण हुन छाडे नि !
पोखरा उद्योग वाणिज्य संघ एकदमै नेतृत्वदायी संस्था हो । समग्र पोखराको हरेक क्षेत्रमा हिजोको स्थानीय सरकार नहुँदा नेतृत्वदायी भूमिका थियो । तर, अहिले समन्वय गर्न सकियो भने, समस्या छैन । अन्य संघसंस्था पनि खुलेका छन् । ती खुलेका संघ संस्थाहरु सीमित मात्रमा छन् । स–साना कुरामा उहाँहरुले काम गर्नुभएको होला पोखराको विकास गर्ने वा संघलाई बलियो बनाउने हकमा उद्योगी व्यवसायीको मेजर विषयमा बोलिदिने संघसंस्थाहरुलाई पनि एकै ठाउँमा ल्याएर एकीकृत गर्न सकिन्छ ।


—व्यावसायिक वातावरण बनाउन र व्यवसायीको मनोबल उचो बनाउन के गर्नुहुन्छ ?
उद्योगी व्यवसायीको हितका लागि सरकारसँग नै समन्वय गर्ने हो । हामी निर्णायक होइनौं । वातावरण बनाउन सकिन्छ । सुरक्षाका कुराहरु होलान्, पर्यटन सम्बन्धी धेरै कुराहरु छन् । सरकारसँग हामीले लबिङ गर्ने हो । निजी क्षेत्र सरकारको सहयोगी पनि हो । सरकारले व्यावसायिक हित विपरीत नीति ल्यायो भने त्यसलाई सच्चिने वातावरण निजी क्षेत्रबाट बनाउन सकिन्छ । हामी व्यवसायीकै हकहितका लागि काम गर्ने हो । उनीहरुलाई अगाडि बढाउने हो ।


—संघले केही वर्षदेखि मेला कत्ति सिर्जनशील देखिन्न । उद्यमशीलता विकास गर्ने र उत्पादन बढाउने कार्ययोजना ल्याउन सकिन्न ?
अग्रजहरुले नै सुरु गरेको मेला हो । मेला नै नेपालमा पोखराबाट सिर्जित भएको हो । हामीले मेलालाई परिस्कृत गर्नुपर्छ । टुरिजम, उद्योग वाणिज्य क्षेत्र र उत्पादनका चिजहरु, कृषिको प्रत्येक ६ महिनामा एउटा राम्रो इभेन्ट गर्न सकिन्छ । ओपन फोरमहरु पनि राख्न सकिन्छ । दुई वर्षमा ४ वटा इभेन्ट गर्ने । मेलालाई परिमार्जन गरेर प्रदर्शनी गर्ने । कृषि र पर्यटन क्षेत्रलाई जोड्ने हिसाबले ती व्यवसायीलार्ई पनि बढाउनुपर्छ ।


— संघको विधान संशोधनको पनि बहस छ, संशोध आवश्यक हो ?
विधान संशोधनले गर्दा व्यवसायीहरु डाइरेक्ट सदस्य भएपछि पदाधिकारी अनि अध्यक्ष हुन खोज्ने । त्यो कारणले पनि अप्ठेरो भएको छ । हुन त हाम्रो विधानले पनि खुबी भएको मान्छे आएर संघ हाँक्न सक्ने व्यवस्था गरेको छ । विधान संशोधन भएपछि पुराना साथीहरु सबै बाहिरिए । नयाँ आउने अनि अनुभव नहुने । मैले विधान संशोधनको विषयमा सोचेको छैन । कार्यसमिति अथवा संघमा कुरा गरेर चेन्ज गर्न सक्ने सम्भावना पनि हुन्छ । त्योचाहिँ हामी वस्तुगत संघसंस्थाहरु अन्य संघसंस्थामा बसेर त्यो पनि गर्नुपर्ने अवस्था छ । पूर्वअध्यक्षहरु, अग्रज व्यवसायीहरु, वस्तुगत संघसंस्थाहरुसँग सल्लाह गरेरमात्रै विधान संशोधन गर्न सकिन्छ । प्रस्तुतिः सञ्जय रानाभाट

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया