भदौ २५ गते दराज महोत्सव

समाधान संवाददाता २०७९ भदौ २४ गते १०:५१

पोखरा ।
अनलाइन सपिङ साइट दराजले २५ भदौमा दराज महोत्सव आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महोत्सवले दराजका ग्राहकसँग सम्बन्ध थप प्रगाढ हुने अपेक्षा कम्पनीको छ ।

Advertisement


दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले ग्राहकलाई प्राथमिकतामा राखेर दराज महोत्सव आयोजना गर्न लागिएको भन्दै यो महोत्सव एउटा पारिवारिक कार्यक्रम हुने बताए । दराज महोत्सवमा सांगीतिक कार्यक्रम, अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ । महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।

तपाईको प्रतिक्रिया