समदर्शीको शेयर पुँजी २ करोड बढी

समाधान संवाददाता २०७९ भदौ २४ गते ११:२६

पोखरा ।
पोखरा महानगरपालिका २ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । संस्थाकी अध्यक्ष मैनादेवी रावलको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सीता भुजेल, उत्कृष्ट बचत गर्ने लक्ष्मी अधिकारी दाहाल, उत्कृष्ट कर्जातर्फ यूनिका तामाङ र विषेश बचतकर्तामा विनिता भट्टचन गौचनलाई सम्मान गरेको छ ।

Advertisement


४ सय ९० जना शेयर सदस्य रहेको उक्त सहकारीमा शेयर पुँजी २ करोड ३५ लाख पुगेको छ । सहकारीले ४ करोड ९७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । पोखरा २ मा कार्यालय रहेको सहकारीको पोखरा २, ३, ४, ५, ६, ७, ८, ९ र १७ वडाहरुमा कार्य क्षेत्र छ । १३ वर्ष अघि २८ जना शेयर सदस्यबाट सहकारी सुरु भएको थियो ।


कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल, उपभोक्ता सहकारी संघकी केन्द्रिय सदस्य चन्द्रकुमारी ढकाल (पराजुली), जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, संस्थाकी लेखा समिति संयोजक पिमला शर्मा, सचिव रिकमाया गुरुङ, सदस्य मिनाकुमारी ढकाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया