असल छिमेकीको सेयर पुँजी एक करोड बढी

समाधान संवाददाता २०७९ भदौ २४ गते १६:३४

पोखरा ।
असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १७ को सेयर पुँजी १ करोड ६ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सहकारीको सेयर पुँजी गत आर्थिक वर्षमा १ करोड ४ लाख थियो । सहकारीमा ३ सय ९० जना सेयरसदस्य रहेको सहकारीका अध्यक्ष खड्गबहादुर थापाले बताए ।

Advertisement


सहकारीको कुल निक्षेप ३ करोड ३३ लाख छ । सहकारीको १३ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनमा अध्यक्ष थापाले सहकारीको कर्जा लगानी ३ करोड ५८ लाख रहेको बताए । आर्थिक वर्ष २०७८/०७९को सहकारीको आयकर व्यवस्था अघिको खुद मुनाफा ९ लाख ७१ हजार छ ।


पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगीले सभाको उद्घाटन गर्दै सहकारीले नाफा कमाउन भन्दा सेयर सदस्यको हक हितमा काम गर्नुपर्ने बताइन् । असल छिमेकी सहयोग संघ (गोनेसा)का अध्यक्ष रामप्रसाद सुवेदीले सहकारीले जोखिम क्षेत्रमा लगानी नगरेको बताए ।

Advertisement


कार्यक्रममा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, असल छिमेकी सहयोग संघ (गोनेसा)का निवर्तमान अध्यक्ष दिलबहादुर गुरुङ, सहकारीका उपाध्यक्ष रमानाथ आचार्य, सचिव केशकुमारी भुजेल लगायतले सहकारीको बारेमा बोलेका थिए । अधिवेशनले आगामी ४ वर्षे कार्यकालको लागि अध्यक्ष रमानाथ आचार्यको नेतृत्वमा सञ्चालक समिति चुनेको छ ।

समितिको उपाध्यक्ष केशकुमारी भुजेल, सचिव भीमप्रसाद सुवेदी, कोषाध्यक्ष कमलबहादुर पुन र सहसचिवमा तारादेवी सुवेदी पौडेल चुनिएका छन । सञ्चालक समितिको सदस्यहरुमा प्रदीप सुवेदी, सिता परियार, लालबहादुर क्षत्री, राजु गिरी, भोजराज लामिछाने र दिलु पराजुली छन् ।

Advertisement


लेखा सुपरीवेक्षण समितिको संयोजक विजयप्रसाद आचार्य तथा सदस्यमा दुर्गाप्रसाद आचार्य र कमला च्वाईं छन् । कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोबार गर्ने सेयरसदस्यहरु नेत्रप्रसाद पोखरेल, दलमाया गुरुङ र जेष्ठ सेयर सदस्य टोपराज ढुंगानालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया