१२ को परीक्षामा गण्डकीमै सर्वोत्कृष्ट ढुङ्गाना सम्मानित

समाधान संवाददाता २०७९ भदौ २४ गते १७:०५

पोखरा ।
कक्षा १२ को परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेका मदरल्यान्ड माविका विद्यार्थी सम्राट ढुंगाना सम्मानित भएका छन् । विद्यालयले एक समारोहबीच ढुंगानालाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्रले सम्मान गरेको हो । कक्षा १२ को बोर्ड परीक्षामा ढुंगानाले ३.८८ जिपिए हासिल गरेका थिए । ढुंगानासँगै उनका अभिभावकलाई पनि विद्यालयले सम्मान गरेको हो ।

Advertisement


सम्मान कार्यक्रममा बोल्दै विशेष अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले ढुंगानालाई बधाई दिँदै मदरल्यान्ड सधैं गम्भीर रहेको बताए । साथै विद्यार्थीको उत्तम नतिजाका लागि अभिभावकको भूमिका पनि अपरिहार्य हुने बताए । विद्यालयका संस्थापक एवं प्राचार्य नारायण बरालले विद्यालयले हासिल गरेका उपलब्धि सुनाउनुका साथै आगामी दिनमा पनि प्रगति चुमिरहने बताए ।


कार्यक्रममा शैक्षिक उपलब्धितर्फ सम्राटलगायत शैक्षिक सत्र २०७८ को आधारभूत तह उत्तीर्ण परीक्षामा चार जिपिए हासिल गरेर अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा पोखरा महानगरपालिकाबाट सम्मानित विद्यार्थीद्वय सदृश अधिकारी र रेडियस पोखरेललाई पनि विद्यालयले सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया