उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालक समितिले पूर्णता पायो
पोखरा ।
पोखरा महानगरपालिकाको उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालक समितिले पूर्णता भएको छ । महानगरको चौंथो नगरसभाले समितिलाई पूर्णता दिएको हो । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा ९ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था कार्यविधिमा छ ।
समितिमा कार्यपालिकाका ५ सदस्य, उद्यम र सीप विकासमा काम गरेका २ महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्य–सचिव रहने व्यवस्था कार्यविधिमा छ । सोही व्यवस्था अनुसार कार्यपालिका बैठकले समितिलाई पूर्णता दिएको हो ।
समितिको सदस्यमा कार्यपालिका सदस्यहरु हरिमाया विश्वकर्मा, निर्मला पौडेल, मन्दिरा परियार, धनकुमारी पोखरेल, भिमकुमारी पुन गर्वुजा छन् भने व्यावसायीक महिलाबाट मुना बास्तोला र गोमा सुवेदी छन् । समितिको सदस्य सचिवमा सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेल छन् । कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/८० का लागि २ करोड बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया